जापानमा कोरोना संक्रमित बढ्दै : आइतबारसम्म संक्रमितको संख्या ३९ हजारभन्दा बढी

3 August, 2020 15:04 | जापान | comments | 50100 Views

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक एक हजारभन्दा बढी रहेको र आइतबर मात्र एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म त्यहाँ ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

  

जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भए पनि दोस्रो शृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १३ हजार ४५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा सङ्क्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा सङ्क्रमितमध्ये २६ हजार ५६५ जना निको भई घर फर्किएका छन् । त्यस्तै सङ्क्रमणका कारण गम्भीर स्वास्थ्य समस्या भएका बिरामीको सङ्ख्या मात्रै ८३ रहेको बताइएको छ ।

जापान सङ्क्रमितको उपचारमा सफल देखिएको तथ्याङ्कले देखाउँछ तर पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीयस्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ । सरकारले अति आवश्यकबाहेक नागरिकहरूलाई अनावश्यक हिँड्डुल नगर्न आग्रह गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More