जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि... जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि...

  • जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि...
  • जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि...
  • जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि...

जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि…

23 August, 2019 13:47 | जापान | comments | 41250 Views

जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि...

जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका खुलेको छ। तर, त्यसमा सवार ३४० जना यात्रुहरूमध्ये कोही हताहत भने भएनन्।

adsads

ढोका खुलेको थाहा भएपछि रेललाई आपत्कालीन रूपमा रोकिएको थियो। त्यसो गर्दा हायाबुसा नम्बर ४६ भनिने तीव्र गतिको उक्त रेल एउटा सुरुङ्भित्र १५ मिनेट रोकिन पुगेको थियो।

कसरी त्यस्तो भयो?
द इस्ट जापान रेलवे कम्पनीका अनुसार सफा गर्ने कर्मचारीले रेलको ढोका हातैले खोल्न सकिने एउटा उपकरण बन्द गर्न बिर्सिएका थिए।

जापानी सञ्चारमाध्यमहरूका अनुसार उक्त रेल ढोका खुलेपछि चार किलोमिटरसम्म गुडेको थियो। त्यसक्रममा त्यसको गति घटाउँदै लगियो। तर कोही यात्रु पनि खुला भएको ढोका नजिक थिएनन्।निक्केई पत्रिकाका अनुसार उक्त रेल टोकियोमा निर्धारित समयभन्दा झन्डै १९ मिनेट ढिलो आइपुगेको थियो।

त्यसले अन्य थप तीन हजार यात्रुको तालिका प्रभावित भएको थियो। जापानी सञ्चारमाध्यमहरूमा जनाइएअनुसार त्यहाँको राष्ट्रिय यातायात मन्त्रालयले सो रेल कम्पनीबाट अब आइन्दा त्यस्तो अवस्था नदोहोर्‍याउने सुनिश्चितता खोजेको थियो।

जापानमा सिन्कान्सन भनिने तीव्र गतिका रेलहरू लोकप्रिय छन्। बुधवार समस्याग्रस्त भएको रेलको उच्चतम गति प्रतिघण्टा ३२० किलोमिटरसम्म छ।

बीबीसी

ओलम्पिकलाई लक्षित गरि बुलेट रेलहरूमा सुरक्षा क्यामेरा जडान गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानमा तीव्र गतिमा गुडिरहेको बुलेट रेलको ढोका खोलेपछि...

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More