जापानमा दुई सय ३० दिनका लागि पेट्रोलियम भण्डारण

18 September, 2019 18:11 | जापान | comments | 14550 Views

जापानका अर्थव्यवस्था, व्यापार तथा उद्योगमन्त्री इशु सुगावाराले मुलुकमा तेल आपूर्तिमा कुनै समस्या नरहेको बताउनुभएको छ । साउदी अरेबियास्थित विश्वको सबभन्दा ठूलो तेल उत्पादन प्लान्टमा भएको आक्रमणपछि इन्धन अभावको सम्भावना बढेपछि उहाँले सो जानकारी गराउनुभएको हो ।

ads ads

जापान आफ्ना लागि कच्चा तेलको आपूर्तिका लागि पश्चिम एसियामा बढी निर्भर रहेको छ । तर मन्त्री सुगारावाले जापानसंग विद्यमानमा दुई सय ३० भन्दा बढी दिनका लागि पुग्ने तेलको भण्डार रहेको जानकारी दिंदै इन्धन संकटको स्म्भावित अवस्थाका लागि तेल बजारको गतिविधिलाई नियालिरहेको बताउनुभयो ।

साउदी अरबको तेल उद्योगमा भएको हमलापछि मंगलबार टोकियोमा कच्चा तेलको मूल्यमा १२ प्रतिशत भन्दा बढेको थियो । यो वृद्धि डिसेम्बरपछि पहिलोपटक १० प्रतिशतभन्दा माथि गएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More