जापान जापान

  • जापान
  • जापान
  • जापान
  • जापान
  • जापान
  • जापान

जापानमा नेपाली कामदार : भाषा परीक्षामा अडकियो हलो- पाठ्यक्रम नआउँदै भाषा सिक्नेहरुको भीडभाड

25 April, 2019 14:31 | जापान | comments | 132450 Views

जापान

जापानमा नेपाली कामदार लैजाने विषयमा दुई देशका सरकारबीच सहमति भए पनि जुन पद्धतिबाट कामदार जाने हो त्यही पद्धतिमा हलो अडकिएको छ । जापानले नेपालमा भाषा परीक्षाको पाठ्क्रम नै पठाएको छैन ।

adsads

यसले गर्दा कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो नलागे पनि देशका भाषा केन्द्रहरुमा भने जापानी भाषा सिक्नेको भीडभाड बढेको छ । उनीहरु अहिले विद्यार्थी भिषाका लागि अध्यापन गराइने भाषा पढिरहेका छन् ।

नेपाल र जापानबीच भएको समझदारी अनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले यही अप्रिल १ देखि कामदारको भर्ति प्रक्रिया सुरु गर्ने भनेको थियो । १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ ।

कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।

जापानमा नेपाली कामदार- अहिलेदेखि नै सल्बलाउन थाले दलाल

नेपाली कामदारहरुले जापानमा त्यहाँका नागरिक सरह सेवा सुविधा पाउने सुनिश्चितता समझदारीमा गरिएको छ । नेपाली श्रमिकहरुलाई प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिकले सोही कामका लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सोभन्दा बढी हुने भनिएको छ ।

कामदारलाई सहायता योजना अन्तरगत दैनिक जीवनयापनसम्बन्धी अभिमुखिकरण, भाषा सिक्न सहायता, बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिर्वतनबारे सल्लाह र गुनासो व्यवस्थापनका विषय समेटिएका छन् ।

जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्ने हुन्छ । तर भाषा परीक्षा पद्धतिका विषयमा भने केही परीक्षण गरेपछि मात्र कामदार आपूर्ति गर्न स्वीकृत पाएका देशहरुमा पठाउने भएको छ ।

समाचार अनुसार जापानले हाल परीक्षणका रुपमा इन्डोनेसिया र फिलिपिन्समा भाषा परीक्षा सञ्चालन गर्दैछ । त्यसको नतिजालाई हेरेर मात्रै नेपालसहित अरु ७ मुलुकमा कामदार आपूर्तिका लागि परीक्षा गर्ने बताइएको छ ।

जापानमा नेपालीहरुको संख्या ८५ हजार ३२१ पुग्यो

त्यसो त श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका विषयमा गहृकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मितिबारे एकीन भइनसकेको बताउँदै जापानले आफ्नो प्रक्रिया र मोडालिटी टुंगो लगाएपछि कामदार भर्तिको प्रक्रिया सुरु हुन्छ हुने र यही समयबाट कामदार पठाउन सुरु हुन्छ भनेर भन्नसक्ने अवस्था नरहेको बताउनुहुन्छ ।

भाषा परीक्षाको पद्धतिको टुंगो नलागे पनि अहिले भाषा कक्षा सञ्चालन गर्ने संस्थाहरुले अनेक प्रलोभन दिएर कक्षा संचालन गरिरहेको पाइए पछि उनीहरुमाथि शिक्षा मन्त्रालयले निगरानी बढाएको उहाँले बताउनुभएको छ ।

सचिव दाहालले भाषा पढाउनेबाट ठगी नगरियोस् भनेर शिक्षा मन्त्रालयलाई नियमित अनुगमनका लागि आग्रह गरेको बताउँदै जापानले दुई देशमा परीक्षण स्वरुप भाषा परीक्षा गरेपछि नेपालमा पनि भाषा परीक्षाको कोर्स पठाउने जानकारी दिनुभएको छ ।

गत पुसमा जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको थियो र कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५ सम्म टुङ्ग्याउने जनाइएको थियो ।

एसिया निक्की नामक संस्थाले यही वैशाखमा जापानले कामदार भित्र्याउन परीक्षा लिने तयारी समेत गरेको थियो । दुई देशबीच भएको समझदारी अनुसार यही अप्रिलदेखि दुबै देशमा संयन्त्र बन्ने जनाइए पनि अब जापानले दुई देशमा गरेको परीक्षाको नतिजा हरेर मात्र नेपाल लगायत दशमा पाठ्यक्रम पठाउने छ ।

जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको छ । यीमध्ये वर्षमा झन्डै चालिस हजार कामदार नेपालको भागमा पर्छन् । आउँदा वर्षहरूमा यो संख्या अझै बढ्ने बताइएको छ ।

नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियासँग कामदार लिने छ ।

जापानमा नेपाली श्रमिक भर्ना अप्रिलदेखि दुबै देशमा संयन्त्र बन्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!