जापानमा पनि मनाइन्छ घोडेजात्रा (फोटोहरुसहित)

9 June, 2019 16:24 | जापान | comments | 16650 Views

घोडे जात्रा नेपालमा मात्र मनाइन्छ भन्ने धेरैलाई लागेको हुनसक्छ तर, त्यस्तो हैन जापानमा पनि घोडेजात्रा मनाइन्छ अर्कै किसिमले । उत्तरी जापानमा गर्मी यामको आगमनको प्रतीकका रुपमा विगत दुई सय वर्षदेखि घोडा उत्सव मनाइन्छ ।

adsads

शनिबार इवाते प्रान्तमा रंग र घण्टीहरुले सजाइएका दर्जनौं घोडाको परेड गरिएको थियो । यो उत्सव धान रोपाइको अन्तिम समयमा मनाइन्छ । यसको मतलब के हुन्छ भने रोपाईका समयमा जनावरहरुबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनु हो ।

‘चागु-चागु घोडा महोत्सव’का रुपमा चिनिने यो महोत्सवमा विहान भैरहेको वर्षाको परवाह नगरी ७० वटा घोडामाथि बालबालिका सवार गराएर ७० किलोमिटरको दूरी तय गरेको थियो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!