जापानमा बक्सर मोहन मर्हजन र अविरलको अभिनन्दन

21 September, 2020 00:30 | जापान | comments | 48000 Views

नेपाली बक्सिङ्ग खेलाडीहरु मोहन मर्हजन र अविरल घिमिरेको जापानमा अभिनन्दन गरिएको छ । एनआरएनए जापान क्षेत्रीय समिति, नागोयाले विशेष कार्यक्रमसहित खेलाडीद्वयलाई नगदसहित सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको हो ।

नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै जापानमा भएका राष्ट्रिय एवं अन्तरराष्ट्रिय किक बक्सिङ्ग खेलहरुमा निरन्तर सफलता हाँसिल गरेकोमा उहाँहरुको मेहेनत र लगनशिलताको उच्च मूल्याङ्‌कन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको एनआरएनए क्षेत्रिय समिति, नागोयाका सचिव योमन देवानले बताउनुभयो ।

  

सम्मान कार्यक्रममा किक बक्सिङ्ग खेलाडी अविरल घिमिरेले यस्तो किसिमको सम्मान कार्यक्रमले आफूमा अझै अघि बढ्ने हौसला प्रदान गरेको बताए भने अर्का खेलाडी मोहन मर्हजन भने विषेश कारण उपस्थित नभएकाले किक बक्सिङ्ग प्रशिक्षक तथा अविरल घिमिरेका बुवा देब घिमिरे मार्फत प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपालको राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम खेलाडी अविरल घिमिरे तथा एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खरेलको विषेश अतिथ्य र एनआरएनए एशिया प्यासिफिक उपसंयोजक पारशमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो ।

एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक श्याम शितलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जापान साखाका सल्लाहकार तथा चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए क्षेत्रीय समिति, नागोयाकी उपसंयोजक सीता कोइराला, एनआरएनए आईसिसि पूर्व सदस्य केशर गिरी, आईसिसि मानार्थ सदस्य डिलाराम खरेल, किक बक्सिङ्ग प्रशिक्षक तथा अविरलका बुवा देब घिमीरे, एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारशमणि पोखरेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More