जापानमा बिपी विचार राष्ट्रिय समाज गठन

17 September, 2019 22:52 |जापान | comments | 5100 Views

    बिपी विचार राष्ट्रिय समाज नेपालले विधानबमोजिम सङ्गठनलाई अन्तरराष्ट्रिय (नेपाली डायस्पोरा) क्षेत्रमा विस्तार गर्दै सोमबार जापानमा एक समारोहबीच बिपी विचार राष्ट्रिय समाज, जापान गठन गरेको छ ।

    जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा जापानको राजधानी टोकियोमा भेला भएका प्रबुद्ध नेपालीहरूको भेलाले प्राडा सुदीप अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय जापान शाखा गठन गरेको समाजका महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।

    adsads

    समाज गठन एवं बिपी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका पूर्व संयोजक भूपिगोविन्द श्रेष्ठ, नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डीपी कँडेल, एनआरएन जापानका आईसीसी सदस्य कपिलदेव थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै बिपीको विचार र चिन्तनलाई छाडेकै कारण नेपाली काङ्ग्रेस कमजोर बनेको धारणा व्यक्त गर्नुभएको थियो ।

    उहाँहरुले काङ्ग्रेसले स्थापनाकालीन सिद्धान्त, बिपीको विचार र चिन्तनबमोजिम र विगतमा भएका गल्ती र कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

    (रासस)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!