जापानमा माछापालन गरिएको डुङगा अमेरिका पुग्यो, माछा जस्ताको त्यस्तै

12 April, 2013 09:38 | जापान | comments | 37350 Views

टोकियो, सन २०११ मार्चमा आएको सुनामीमा बगेको माछापालन गरिएको जापानी डुङ्गा समुद्रमा तैरिदै तैरिदै अमेरिकाको वाशिङ्टनको समुद्रि तटमा पुगेको जनाइएको छ । उक्त डुङगाले समुद्रमा ८००० किलोमिटरको दुरि पार गरेको जानकारी दिईएको छ ।

 
उक्त डुङगामा रहेका माछा जस्ताको त्यस्तै जिउँदो अवस्थामा रहेका छन । प्यासिफिक ओसनमा ८००० किलोमिटरको दुरी पार गरेर करीब २ बर्ष पछि सो डुङगा अमेरिकाको तटमा भेटियो ।

 
तत्कालिन समयमा जापानबाट सुनामी पश्चात समुद्रमा बगेका चिजहरु यसरी अमेरिकाको तटमा भेटिने क्रम निरन्तर जारी छ । यस अघि पनि ठुलो पानीजहाजको हिस्सा अमेरिकि तटमा भेटिएको थियो । अझैपनि जापानबाट बगेका कैयौ यस्ता चिज समुद्रमा तैरिरहेको हुनसक्ने र आगामी दिनमा पनि भेटिन सक्ने जनाइएको छ ।-(एजेन्सी)

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More