जापानमा मोबाईल सिम अब सहजै लिन सकिने

25 July, 2018 12:05 | अर्थ , जापान | comments | 97800 Views

जापानमा फोन नम्वर सहितको मोबाईल सिम तथा ईन्टरनेट डाटा लिन विदेशीहरुका लागि अब सहज हुने भएको छ।

मोबाईल सहित तथा सिममात्र लिन ईच्छुक नेपाली तथा विदेशी ग्राहकहरुले डाटा सहितको प्याकेज अब सहजै रुपमा पाउने भएका हुन।

ads ads
जापानभरी नै ईन्टरनेट तथा मोवाईल सेवा प्रदान गर्दै आएको न्यूआईटि भेन्चर कर्पोरेशन अन्तरगतको एनआईटिभी टेलिकमले विदेशी ग्राहकहरुको मागलाई ध्यानमा राखी जापानको सर्वाधिक प्रयोगकर्ता रहेको सफटब्याङक कम्पनीको सिम सहज उपलब्ध गराउने जनाएको छ।

न्यूआईटि भेन्चर कर्पोरेशन जापानका जनरल म्यानेजर रिद्दी बहादुर तुम्वाहाङफेका अनुसार जापानमा विदेशीहरुका लागि मोवाईल तथा फोन नम्बर सहितको सिम सहज बनाएको जानकारी दिनुभयो। विदेशमा नेपाली हिन्दी टिभी च्यानल सेवा पुर्याउदै आएको एनआर्इटिभीले जुनसुकै भिसामा जापानमा रहेकाहरूलार्इ मोवाईल सिम उपलब्ध गराउन थालेको हो।

दुई जिवी, ६ जिवी र १४ जिवी डाटा सहित १० मिनेटसम्म फोनकल निशुल्क रहेको सो सिमको मासिक शुल्क १८८० येनबाट सुरू हुने तुम्वाहाङफेले बताउनुभयो। सिममात्र लिनेहरूको हकमा भने ग्राहकसंग सिमफ्रि मोबार्इल हुनु जरूरी छ। यस्तै एनआईटिभी टेलिकमले छोटो समय जापानमा रहनेहरूका लागि प्रिपेड मोबार्इल समेत उपलब्ध गराउने जनाएको छ।

जापानमा क्रेडिट कार्ड नहुने तथा भिषा अवधी कम हुनेहरूले मोबार्इल सिम लिन झंझटिलो थियो । जसलार्इ एनआईटिभी टेलिकमले सहज बनाएको दावी गरिएको छ।

एनआईटिभी टेलिकमले हाल पर्यटक भिषा तथा अन्य भिषा भएकाहरूका लागि पकेट वार्इफार्इ समेत सहज रूपमा उपलब्ध गराउदै आएको छ।

थप जानकारीका लागि ०३५६५०५४३०, ०८०-४९४९-६३८३,०८०-४१५६-३७१५ फाेन नम्वरमा  सिधा तथा भार्इबरमा  सम्पर्क राख्न सकिनेछ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More