जापानमा विद्यालय बन्द गर्ने निर्णयबाट सिर्जना भएको भ्रम

29 February, 2020 14:24 | जापान | comments | 227100 Views

जापानले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्नुका साथै पार्कमा घुम्न र कन्सर्ट गर्न बन्द गरेको घोषणा गरेपछि यसबाट विद्यालयहरुमा भ्रम सिर्जनाके गर्ने, कसो गर्ने भन्ने भ्रम भएको छ ।

सरकारले दुई हप्ताका लागि विद्यालय बन्द गर्न शुक्रबार आव्हान गरेपछि सोमबारदेखि विद्यालय बन्द गर्ने तयारीमा विद्यालय संचालकहरु लागिपरेका छन् ।

  

शुक्रबार शिक्षा मन्त्रालयले देशभरका विद्यालयहहरुलाई नयाँ कारोना भाइरस फैलनबाट रोक्न करीब दुई हप्ताका लागि अर्थात् वसन्त ऋतुको विदा सुरु हुने समयसम्म बन्द गर्न आग्रह गरेको थियो । सरकारको यस्तो आग्रहपछि विद्यालयहरुले बिदा दिने तयारी थालेका भए पनि उनीहरुको बाँकी कक्षा कसरी पूर्ति गर्ने भन्ने विषयमा विमर्शमा समेत जुटेका छन् ।

विद्यालयहरु बन्द गरेपछि उच्चमाध्यमिक विद्यालयको प्रवेश परीक्षा एउटा ठूलो चिन्ताको विषयबनेको छ । टोकियोस्थित सरकारी उच्च माध्यमिक विद्यालय सोमबार नै प्रवेश परीक्षाको नतिजा घोषणा गर्ने तयारीमा रहेको र परीक्षामा अनुत्तीर्ण हुने छात्रछात्राका लागि अर्को व्यवस्था गर्नुपर्ने हुन्छ ।

टोकियोको सेइर्यो माध्यमिक विद्यालयका शिक्षकहरुले शुक्रबार विहानै आकस्मिक बैठक बोलाएर बाँकी कक्षाको पूर्ति र विद्यालय बन्द रहने समयमा बालबालिकाको पढाईलाई कसरी मद्दत गर्ने भन्ने विषयमा चर्चा गरेका थिए । उनीहरुले सोमबार विहान विद्यालय खोलेर विद्यार्थीहरुलाई आउन दिने र दिउँसोबाट बन्द गर्ने निर्णय समेत गरेका छन् ।

त्यस्तै सेइर्यो माध्यमिक विद्यालय दीक्षान्त समारोह समेत गर्न पाउँछ कि पाउँदैन भन्ने निश्चित छैन । एक छात्रका अनुसार प्रवेश परीक्षा पास गर्नुपूर्व उनी आफ्ना साथीहरुसंग समय बिताउने सोचमा थिए तर उनको विद्यालय जीवन अचानक यस्तो किसिमले सकिएला भन्ने जागेको थिएन ।

विद्यालयका प्रधानाध्यापक मासानारी चिबाले सरकारको घोषणा अत्यन्त छोटो समयमा आएको र विद्यालयलाई यस विषयमा प्रतिक्रिया दिन कठिन हुने बताउनुभएको छ ।

कोरोनाको त्रास : जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More