जापानमा सस्तो ईन्टरनेट सेवा सुरु

18 August, 2015 13:46 |अर्थ , जापान | comments | 201150 Views

    ids_mobile_usersन्यू आईटिभेन्चर कर्पोरेसन जापानको ईन्टरनेट सेवा प्रदायक एनआईटिभी टेलिकमले जापानमा सस्तो तथा सुलभ ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

    यसै सातावाट विभिन्न प्याकेज मार्फत वाईफाई तथा डाटा सिम सहितको ईन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ ।

    adsads
    एनआईटिभी टेलिकमले जापानकोे एनटिटि दोकोमासंगको सहकार्यमा सस्तो तथा उपयोगी ईन्टरनेट सेवा वितरण गर्न लागेको जनाएको छ । जापानमा रहेका नेपाली तथा अन्य विदेशीहरुलाई लक्षित गरि एक जीबीदेखी १० जीबीसम्मका वाईफाई र डाटा सिम उपलव्ध गराउन लागेको हो ।

    एनआईटिभी टेलिकमले एक विज्ञप्ती प्रकाशित गरि सस्तो र सहज रुपमा पाईने डाटा सिमहरु प्रदान गर्ने जनाएको छ । आगामी साताबाट वजारमा वितरण गर्न लागेको सो सिमहरु सामान्य डिभाईसहरुबाट समेत चलाउन मिल्ने बताईएको छ । सिम फ्रि भएका सेट तथा डिभाईसबाट सहज रुपमा चलाउन सकिने डाटा सिम जापानमा हालसम्म पाईएका ईन्टनेट सेवा भन्दा सस्तो भएको दावी गरिएको छ । जापानमा वसोवास गर्दै आएका नेपाली तथा अन्य वर्गमा ईन्टरनेट सेवा पुरयाउने उद्धेश्यले सुरु गर्न लागिएको डाटा सिमको अग्रिम वुकिङ सुरु गरिएको छ ।

    व्यवसायी, विद्यार्थी, कर्मचारी तथा रेष्टुरेन्टमा कार्यरत कुक लगायत छोटो समयका लागि जापानमा आएका पर्यटकहरुका लागि समेत सो सेवा प्रभावकारी मानिएको छ । मासिक एकहजार दुई सय देखि तीन हजार पाँच सय शुल्क तोकिएको डाटा सिममा डाटा थपघटको सुविधा समेत राखिएको छ ।

    जापानमा हाल विभिन्न मोवाईल कम्पनी तथा ईन्टरनेट सेवा प्रदायकहरुले डाटा सिम उपलब्ध गराउदै आएपनि सर्वसाधारणहरु सन्तुष्ट हुन सकेका छैनन । ती कम्पनीहरुले पाँच जीबी ईन्टरनेटलाई पाँच हजारसम्म विक्री गरेपनि एनआईटिभी टेलिकमले पाँच जीबी डाटालाई मासिक दुईहजार पाँच सयमात्र शुल्क तोकेको छ । यस्तै चाहिएको वेलामा जीबी थप गर्न मिल्ने सुविधा समेत राखिएको कम्पनीले जनाएको छ ।

    क्रेडिट कार्ड नचाहिने
    एनटिटि दोकोमोको आधिकारिक विक्रेता एनआईटिभी टेलिकमले आफैले अपरेटरको रुपमा काम गर्ने जनाउदै सिम तथा ईन्टरनेट पाउनका लागि सहज व्यवस्था गरेको छ । जसका लागि कुनैपनि क्रेडिट कार्ड नभएका जो कोहीले पनि सहज रुपमा सिम पाउने दावी गरिएको छ । सिमका लिनका लागि पासपोर्ट, वसोवास अनुमति कार्ड एलिन कार्ड, ड्राईभिङ लाईसेन्स र ईन्स्योरेन्स कार्ड मध्ये कुनै दुईमात्र भए पुग्छ ।

    क्यान्सिलेसन चार्ज नलाग्ने
    यसैगरि एनआईटिभी टेलिकमले ग्राहकहरुको सहजतालाई ध्यानमा राखि प्याकेज वन्द गर्दा कुनैपनि शुल्क नलिने जनाएको छ । यसका लागि आवश्यक प्रकृया पुरा गरेका ग्राहकहरुले कुनैपनि जरिवाना भुक्तानी गर्नुपर्ने झझंट नरहेको जनाएको छ ।

    के हो एनआईटिभी डाटा सिम?
    जापानमा अन्य कम्पनीहरुले हालसम्म यस्तो सुविधा नदिएको दावी गर्ने एनआईटिभी टेलिकमले सस्तो तथा सुलभ ईन्टनेट सेवा प्रदान गर्ने पहिलो कम्पनी भएको जनाएको छ । जापानमा वसोवास गर्ने विदेशीहरुका लागि लक्षित गरिएको ईन्टरनेट सिमको प्रयोग गरि जापानभरी सहज रुपमा चलाउन मिल्छ । सिम चलाउन सिम फ्रि कुनैपनि मोवाईल तथा आईफोन, आईप्याड र एन्ड्रोईड डिभाईसको प्रयोग गर्न सकिने जनाएको छ ।  विस्तृत जानकारीका लागि+८१-३-५६५०-५४३० मा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ।

    न्यू आईटिभेन्चर कर्पोरेसन जापानले विगत आठ वर्ष देखि जापानमा ईन्टरनेट तथा नेपाली हिन्दी टिभि च्यानलको वितरण गर्दै आएको छ।

    NITV Telecome copy

    यो पनि हेर्नुहोस:

    ids_mobile_users1-728x1024

    ids_student-730x1024

    ids_visitors-765x1024

    (Advt logoविज्ञापन)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!