जापानमा २५५७ औं बुद्ध जयन्ति कार्यक्रम मनाईँदै

8 April, 2013 15:24 | जापान | comments | 33450 Views

नेवा अन्तरराष्ट्रिय फोरुम जापान(NIFJ)को आयोजनामा २५५७ औं बुद्ध जयन्ति कार्यक्रम गर्ने भएको छ । आउँदो मे १८ तारिखमा मनाइने २५५७ औ वुद्ध जयन्ति कार्यक्रमको सम्पूर्ण तयारी भएको पनि आयोजकले जानकारी दिएको छ ।

 
विभिन्न देशको पाठ्यक्रम तथा म्युजियम वा अन्य त्यस्तै स्थानहरुमा शान्तिको प्रतिक गौतम बुद्धको जन्म स्थान बारेमा गलत प्रचार प्रसारहरु भई रहेको सन्दर्भमा जापानमा पनि जनस्तरमा यस्तो भ्रमबारेमा चेतना जगाउनुको साथै बुद्धले दिएको उपदेश, मार्गलाई अपनाई आफु स्वयम तथा सम्पूर्ण जगतले सुख र शान्तिमय जीवन यापन गर्न सकियोस भन्ने कामनाका साथ हरेक बर्ष कार्यक्रम गर्दै आएको उक्त कार्यक्रम यस बर्ष पनि गर्न लागेको हो ।

 
कार्यक्रम चिबाकेनको इचिकावा शी उराएसु स्टेशन नजिकमा अवस्थित सिन्सेइ बिहारमा विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म चल्ने आयोजकले बताएको छ । उक्त कार्यक्रममा सहभागी भई समारोहको गरिमा बढाई दिन जापानबासी सम्पुर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।

  

 

कार्यक्रम सम्बन्धि जानकारी:
मिति: १८ मई, २०१३ शनिबार
समय : १० बजेदेखि १५ बजेसम्म
प्रवेश शुल्क : १,००० येन (७ बर्ष भन्दा तलका बालबालिकाहरुलाई नि:शुल्क)
सिन्सेइ बिहारमा जाने तरिका तलको होमपेज हेर्न हुन अनुरोध छ ।
http://www.shinseiji.jp/08_access/index.html
सम्पर्क:

NIFJ Tel/Fax: 03-3311-6475
Bigendra Pradhan 080-5056-4891
Jiwan Shakya 090-3669-5965
Prachanda Bajracharya 090-1551-6941

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More