जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने
नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली कामदार लैजान सकिने बताएको थियो ।
भेटमा कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र जापान सरकारबीच सम्पन्न समझदारीमा जापानले कृषिलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था रहेको छ । सो क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध गर्नुभएको थियो ।
भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताउनुभएको थियो । नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत सहकार्य गर्न सकिने उहाँको भनाइ थियो ।
प्रतिनिधिमण्डलमा सहभागी नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालबाट कृषि कामदार लैजान तत्काल अध्ययन अनुसन्धान शुरु गर्ने बताउनुभयो । उहाँले नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कृषि र व्यवसायका लागि जापानी प्रतिनिधिमण्डल नेपाल आउँदै
तपाईंको प्रतिकृया
ताजा समाचार
- दशौं सागमा स्वर्णपदक विजेता कमल जुत्ताका कारण काँस्यमा सीमित
- गौरिकाले जितिन् दोस्रो स्वर्ण- व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी
- गोली लोड रहेको पेस्तोल सहित लाखौंका अवैध सामान बरामद
- तेह्रौँ साग : क्रिकेटमा पुरुष टोली विजयी महिला टोली पराजित
- शालिग्राम सङ्ग्रहालय
- सिद्धबाबालाई सात दिन म्याद थप- अस्पतालमै हिरासतकक्ष बनाएर बयान लिइने
- कुलमानलाई एक लाख रुपैयाँ राशिको नाष्ट प्रविधि पुरस्कार
- गल्फमा नेपाललाई दुई स्वर्ण- पाँच हजार मिटर दौडमा गोपीचन्द्रले दिलाए स्वर्ण
- शनिबार साग म्याराथन मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
- टोकियोमा नेपाली विद्यार्थी सुरज मल्लको निधन
- सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक
- आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै, कुन खेल कहाँ ?
- मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी
- होटल, रेष्टुराँमा बाल श्रमिक र न्यून ज्लालाका समस्या यथावत
- शिक्षा क्षेत्रमा राजनीतित नगर्न पूर्व राष्ट्रपति डा. यादवको आग्रह
- सिद्धबाबामाथिको आरोप : फसाउने षड्यन्त्रका सनसनीपूर्ण तथ्य
- ‘आफ्ना सन्ततिका लागि जलवायु परिवर्तन समस्या हल गर’
- आजको राशिफल– २०७६ मंसिर २० गते शुक्रबार
- ५८ स्वर्णसहित भारत अग्र स्थानमा- ३६ स्वर्णसहित नेपाल दोस्रो
- सरकारको आगामी अभियान : पर्यटनका लागि एक दशक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


