जापानले उत्तर कोरियाली क्षेप्यास्त्रलाई हस्तक्षेप गर्न सक्ने : ओनोडेरा

10 August, 2017 20:12 | जापान | comments | 71250 Views

जपानका रक्षा मन्त्रि इत्सुनोरी ओडोनेराले बिहिबार संसदीय सत्रमा भने , अमेरिकी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण भएमा जापानमा आक्रमण हुने सम्भावनालाई बढाउँदै जापानका लागि राष्ट्रिय आपतकाल हुनेछ किनभने यसले जापानको अस्तित्वमाथि खतरा निम्त्याउने छ ।

उनले भने यस्तो परिस्थितिमा जापानले स्व सुरक्षाको अधिकार प्रयोग गर्दै एइजिस डिस्ट्रोयर सिप टु एयर मिसाइल डिफेन्स सिस्टम सक्रिय बनाउने छ ।

adsads

ओनोडेराको भनाइले जापानको बढ्दो सैन्य भुमिका र उसको जापानतर्फ आउने क्षेप्यास्त्रलाई मात्र आक्रमण गर्ने प्रतिक्रियालाई गलत सावित गर्न सक्छ ।

गत वर्षदेखि लागु भएको जापानको रक्षा कानुनले जापानी सेनालाई अमेरिका र अन्य मित्रहरुमाथि आक्रमण हुँदा सहयोग गर्ने अनुमति दिन्छ ।

उत्तर कोरियाका अनुसार उसको ह्वासुङ – १२ क्षेप्यास्त्र शिमेन , हिरोशिमा र कोची प्रिफेक्चर हुदै गुआमतर्फ जानेछ ।

विज्ञहरु भन्छन् , जापानसंग अहिले आफ्नो भुभाग भएर जाने क्षेप्यास्त्रलाई पड्काउने क्षमता छैन ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण : जापानमा सतर्कता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!