जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो

  • जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो
  • जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो
  • जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो
  • जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो
  • जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो
  • जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो

जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो

11 June, 2019 10:50 | जापान | comments | 29550 Views

जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो

नेपाली साँस्कृतिक अध्येता युको ओकामोतो (जापानिज नागरिक) लाई नेपाली संस्कृतिको अध्यायन, संरक्षण र प्रचारप्रसारमा योगदान गरेको भन्दै किरात राई यायोक्खा जापानले सम्मान गरेको छ। साकेला शिली कार्यक्रमको अवसरमा नेपाली साँस्कृतिक अध्येता प्राध्यापक युको ओकामोतोलाई किराती परम्परा अनुसार सेतो फेटा तथा सम्मानपत्रले सम्मान गरेको हो ।

adsads

तीन दशक देखि जापानको विश्वविद्यालयमा नेपाली भाषा र संस्कृति लगायत विषयमा प्राध्यापन गर्दै आएका ओकामोतोले आफू सम्मानित भएकामा खुसी व्यक्त गरिन् । नेपालको आदिवासी जनजातिहरुमा राई, लिम्बु, गुरुङ्ग, मगर, शेर्पा र थारुहरुको साँस्कृतिक नृत्य सम्बन्धित क्षेत्रमै गएर आफूले सिकेको बताउने ओकामोतो अबको तीन वर्षमा सेवा निवृत्त भएपछि नेपालमै बसेर नेपाली संस्कृतिको अध्यायन गर्ने आफ्नो योजना रहेको बताइन् ।

उनले निरन्तर ३४ वर्षसम्म विश्वविद्यालयमा १० हजार जना भन्दा धेरै विद्यार्थीहरुलाई नेपाली साँस्कृतिक नृत्य प्रशिक्षण गरिसकेकी छन् । आदिबासी जनजातिहरुको गाउँ वस्तीमा गएर त्यहाको भाषा र संस्कृतिको अध्यायन अनुसन्धान गर्दा पाइने न्यानो माया र सम्मानले आफूलाई यस क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको अनुभव सुनाईन ।

त्यस्तै गरि जापानमा पहिलो नेपाली हेयर डिजाइनर मेरियन राईलाई पनि किरात राई यायोक्खा जापानले सम्मान गरेको छ । नेपालबाट जापान आई यहाँको विश्वविद्यालय तहको पढाई पुरा गरि व्यवसायमा स्थापित राईले मेहनत र लगनशीलताले मात्र मानिस सफल बनाउने अनुभव सुनाइन् ।

समारोहमा जापानमा रहेका किरात राई तथा विभिन्न समुदायका सहभागिहरूले साकेला शिलीमा सहभागिता जनाएका थिए भने सहभागि जापानीहरूकाे नृत्यले कार्यक्रमकाे राैनक बढाएकाे थियाे।

किरात राई यायोक्खा जापानमा रमेशकुमार राई चयन
किरात राई यायोक्खा जापानको तेस्रो महाधिवेशनले रमेश कुमार राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा सुरज राई, महिला उपाध्यक्षमा शुसिला राई, महासचिव सन्जिब राई, सचिव बिनोद राई, कोषाध्यक्ष दिपेन राई तथा सह-कोषाध्यक्षमा प्रमिला राई चयन भएका छन् ।

जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो

यस्तै सांस्कृतिक संयोजकमा निशान राई सांस्कृतिक महिला संयोजकमा कबिता राई, युवा तथा विद्यार्थी संयोजकमा सुदन राईलाई जिम्मेवारी दिईएको छ। भने नयाँ कार्यसमितिको सदस्यहरूमा बसन राई, भबिन्द्र राई, हिमाल साम्पाङ्ग राई, प्रबिन राई र प्रिन्स राई चयन भए।

जापानमा किराँत राईहरूले उभौली साकेला मनाए (भिडियाे)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानीहरूलाई सम्मान गर्दै साकेला शिली मनाईयो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!