जापानी अनुसन्धानकर्ताहरु पराध्वनिक तरंगबाट पार्किन्सनको उपचार परीक्षण गर्दै

29 November, 2019 14:59 |जापान | comments | 6900 Views

    बढ्दो उमेरसंगै हात गोडा काम्ने, कुप्रो हुने तथा स्मरणशक्ति कमजोर हुँदै जाने एउटा सामान्य प्रक्रिया हो भने यसमा बढोत्तरी आएर व्यक्तिको जीवन नै संकटमा पर्ने अर्को पक्ष छ जसलाई पार्किन्सन भनिन्छ ।

    यो रोगको उपचारमा खासै उपलब्धि हाँसिल नभैरहेका बेला जापानी वैज्ञानिकहरु यसको नयाँ उपचार बिधिको परीक्षणमा तल्लिन रहेका छन् ।

    adsads

    समाचार अनुसार ओशाका विश्वविद्यालयका प्राध्यापक हिदेकी मोचिजुकीको नेतृत्वमा रहेको एक अनुसन्धान टोलीले यसै महिना पार्किन्सनको उपचार बिधिको चिकित्सकीय परीक्षण सुरु गरेका छन् । अनुसन्धान टोलीले पार्किन्सन पीडितहरुको उपचारमा सामान्य पराध्वनिक तरंगको प्रयोग सुरु गरेका छन् ।

    उनीहरुले पराध्वनिक तरंगको माध्यमबाट असामान्य कोशिकाहरु नष्ट गर्नेछ, जसले मानिसको शरीरलाई सामान्य बन्न अबरोध सिर्जना गरेको छ । शरीरमा डोमामीन उत्पादन गर्ने कोशिकाहरु असामान्य किसिमले बढेपछि पार्किन्सन हुन्छ । डोपामीन मस्तिष्कमा रहेको एक किसिमको रसायन हो जसले शरीरको अरु अंग संचालनमा मद्दत गर्दछ ।

    परीक्षणका रुपमा गरिने यो उपचारमा असामान्य तन्त्रिका कोशिकामाथि लगभग एक हजार दिशाबाट सामान्य पराध्वनिक तरंगको उपयोग गरिनेछ । अनुसन्धान टोलीका अनुसार यस किसिमबाट एक ठाउँमा तरंगा केन्द्रित गर्नाले मस्तिष्कको अन्य भागमा हुने क्षतिबाट बचाउन सकिन्छ ।

    यो उपचारको परीक्षण स्पेनमा पार्किन्सन भएकाहरुमाथि भैसकेको छ र यसको नतिजा अपेक्षा गरिए अनुसारको आएको थिएन । चिकित्सकका अनुसार यो रोगका बिरामी पूर्णरुपमा निको नभए पनि केही हदसम्म कम भने गर्न सकिन्छ । अहिले भैरहेको परीक्षढण उपचार कति सुरक्षित र प्रभावकारी छ यसका लागि १० बिरामीलाई आउँदो वर्षसम्म निगरानीमा राखिनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More