जापानी विदेश मन्त्री तारो कोनोजापानी विदेश मन्त्री तारो कोनो

  • जापानी विदेश मन्त्री तारो कोनो
  • जापानी विदेश मन्त्री तारो कोनो
  • जापानी विदेश मन्त्री तारो कोनो
  • जापानी विदेश मन्त्री तारो कोनो
  • जापानी विदेश मन्त्री तारो कोनो
  • जापानी विदेश मन्त्री तारो कोनो

जापानी नागरिकको नाम लेख्दा थर पहिला लेख्न अन्तराष्ट्रिय मिडियालाई मन्त्री कोनोको आग्रह

22 May, 2019 13:09 |जापान | comments | 31500 Views

     जापानी विदेश मन्त्री तारो कोनो

    जापानी नागरिकको नाम लेख्दा थर अगाडी लेख्न जापानी विदेश मन्त्री तारो कोनोले अन्तराष्ट्रिय संचार माध्यमलाई आग्रह गरेका छन् । उनले एक उदाहरण दिंदै जापानी प्रधानमन्त्रीको नाम पनि शिन्जो आवे नभएर ‘आवे शिन्जो’ लेखिनुपर्छ भन्दै एसियाका नेताहरु जस्तै चीनका राष्ट्रपति सि जिङ पिङ, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको उदाहरण दिएका छन् ।

    adsads

    मन्त्री कानोले मंगलबार एक पत्रकार सम्मेलन गर्दै जापनी नागरिकको नाम लेख्दा थर पहिला लेख्नको लागि आग्रह गर्दै विदेशी भाषी मिडियामा जापानीहरुको नाम लेख्दा नाम अगाडि र थर पछाडि लेखिने गरिएकोमा अब यो नियम सच्याईनुपर्ने बताए ।

    जापानी नामहरू सामान्यतया दिइने नामको साथ लेखिन्छ जब पहिलो पटक विदेशी भाषाको उपयोग गर्न सकिन्छ जस्तै अंग्रेजी एक प्रथा जुन १९ औं शताब्दी देखि २० औं शताब्दीको शुरुवातमा पश्चिमी संस्कृतिको बढो प्रभावको बीच शुरु भएको थियो ।

    त्यस्तै मन्त्री कानोले नयाँ युग रेइवाको शुरु भएको, अर्को महिना हुने जी-२० को शिखर सम्मेलन लगायतका थुप्रै अन्तर्राष्ट्रिय समारोह र अर्को वर्ष हुन लागेको टोकियो ओलम्पिक जस्ता ऐतिहासिक महत्व राख्ने ठूला कार्यक्रमहरु आइरहेको हुनाले जापानीहरुको नाम लेख्ने शैलीमा अब परिवर्तन गर्नु पर्ने गर्ने समय आएको बताए । त्यस्तै यस विषयमा आन्तरिक मिडियाले पनि यसमा समन्वयकारी भूमिका खेल्नुपर्ने धरणा ब्यक्त गरे ।

    नेपाली कामदारलाई जापानी नागरिक सरहको सुविधा, कामदारको हितमा एकपछि अर्को ऐन बन्दै (भिडियोसहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जापानी विदेश मन्त्री तारो कोनो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!