जापानी नागरिकसंग नक्कली विवाह : दुई नेपाली पक्राउ (भिडियो)

25 August, 2019 11:51 |जापान | comments | 118350 Views

    जापानमा स्थायी बसोवास तथा लामो बसाईलाई सहज हुने भन्दै जापानी नागरिकसंग नक्कली विवाह गराएको आरोपमा तीनजना प्रहरी हिरासतमा परेका छन् ।

    टोकियो महानगरीय प्रहरीलाई उद्धृत गर्दै जापानी संचारमाध्यममा प्रकाशित समाचारका अनुसार नेपालीहरुलाई जापानी नागरिकसंग विवाहका लागि नक्कली कागजपत्र बनाएको आरोपमा लील गुरुङ तथा नक्कली विवाह गरेकी नैनुकुमारी गुरुङलाई हिरासतमा लिएको हो ।

    adsads

    सोही घटनामा संलग्न भएको आरोपमा एक ६१ वर्षिय जापानी नागरिक केन्जी कोदालाई समेत पक्राउ गरेको समाचारमा जनाईएको छ ।

    भिषा रद्द हुने आठ सय ३२ विदेशीमा ६२ जना नेपाली

    प्रहरीका अनुसार लील गुरुङले विभिन्न जापानी नागरिकहरुसंग नेपालीहरुको विवाह गराउदै हिडेको तथा कागजपत्रहरु समेत नक्कली बनाएको आरोप स्वीकार गरेका छन । सन २०१७ को जुलाई महिनामा टोकियो नेरिमा सिटीमा लीलले जापानी नागरिक केन्जी र गुरुङलाई दुवैको विवाहको कागजपत्र पेश गराएका थिए भने जापानी नागरिकलाई मासिक २० बजार येनका दरले करिव चार लाख येन तिर्नुपर्ने सर्त राखेका थिए ।

    नक्कली विवाहका लागि मध्यस्तता गर्ने लीलले टोकियोमा पार्टटाईम काम गर्दै आएकी गुरुङलाई जापानी नागरिकसंग भेट गराउने तथा पैसाको छिनोफानो गराएको प्रहरीले थाहा पाएपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको हो । यता पक्राउ परेकी नेपाली महिला गुरुङले जापानीहरुसंग विवाह गरी धेरै पैसा कमाएर नेपालमा रहेको परिवारलाई सहयोग गर्ने गरेको बताएको समाचारमा जनाइएको छ।

    हेर्नुहोस् यो भिडियो

    https://headlines.yahoo.co.jp/videonews/nnn?a=20190823-00000315-nnn-soci

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!