जापानी प्रधानमन्त्री र इरानी नेता खामेनीबीच अर्को हप्ता भेटवार्ता हुने

2 June, 2019 18:53 | जापान | comments | 42900 Views

जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ ।

इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका सर्वोच्च नेताका रुपमा आबे र खामेनीबीच पहिलो पटक भेट हुन लागेको हो ।

  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो औपचारिक जापान भ्रमणका क्रममा इरानसँग वार्ता गर्ने विषयमा आफू खुला रहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता : दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More