जापानी विशेषज्ञहरुको अनुभव लिए नेपाली इञ्जिनियरहरुले

6 November, 2019 17:18 |जापान | comments | 9000 Views

    जापानमा अध्ययनरत तथा कार्यरत नेपाली इन्जिनियरहरुको संस्था नेप्लिज इञ्जिनियर एसोसियसन जापानले प्राकृतिक प्रकोप पश्चात सम्पदा पुनःनिर्माण र रेजिलियन्ट समुदायः जापानीज बिशेषज्ञहरुको नेपालको अनुभव र भोगाइ विषयमा वृहत कार्यशाला समपन्न गरेको छ । गत शनिबार २ नोभेम्बरका दिन टोकियो सिटी युनिभर्सिटी, योकोहामा क्याम्पसमा सो कार्यशाला सम्पन्न गरिएको हो ।

    adsads

    टोकियो विश्वविद्यालयका प्रोफेसर डा होन्डारिकी र टोकियो नेशनल रिसर्च इन्स्टिच्यूट फर कल्चरल प्रोर्पटिजका रिसर्चर यामादा हिरोकीको बिषेश आतिथ्यमा सम्पन्न कार्यशालाको अध्यक्षता संस्थाका अध्यक्ष डा लता शाक्यले गर्नुभएको थियो ।

    अध्यक्ष डा शाक्यले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यका बारेमा प्रस्ट पार्नु भएको थियो । जापानको धेरै कुशल कार्ययोजनाहरु नेपालमा हुबहु कार्यान्वयन गर्न नसकिने र यसका प्रमुख कारणहरुमा राजनैतिक, ब्यबस्थापनका कमजोरीहरु तथा कार्ययोजनाहरुको बारेमा नेपाल र जापानी बिशेषज्ञहरु बीचमा पर्याप्त समझदारी हुन नसक्नु जस्ता कारण रहेको बताउँदै जापानमा रहेका नेपाली बिशेषज्ञहरुलार्इ नेपाल फर्किनु अगाडी त्यस्तो समझदारी गर्न सजिलो होस भनेर जापानी बिशेषज्ञहरुसंग अन्तरक्रिया गरिएको कुरा जानकारी गराउनुभयो ।

    कार्यक्रममा प्रो होन्डाले रेजिलियन्ट समुदाय र आयामदाले प्राकृतिक प्रकोप पश्चात सम्पदा पुनःनिमाण शीर्षकमा नेपालमा गरिएका अनुसन्धान र अनुभव राख्नुभएको थियो । त्यसपछि अध्यक्ष डा शाक्यको संयोजकत्वमा भएको छलफलमा डा अत्युत सापकोटा, प्रो डा होमबहादुर रिजाल र डा सुरज प्रधानले आआफ्नो बिचार राख्नु भएको थियो भने धेरै सहभागीहरुले प्रश्न तथा सुझाब राख्नु भएको थियो ।

    कार्यशालामा प्रकोपः पूर्व र पश्चात गरी विभाजन गरिएको सेसनको दुबै अवधिमा सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी नेपालको प्रणालीहरुको सम्बन्धमा छलफल गरिएको थियो । सो अवसरमा जापानी बिशेषज्ञहरुले द्रुतगतिमा पुनःनिर्माणका लागि निजी क्षेत्र र स्थानीय समुदायहरुले सहयोगको हात जुटाइ सरकारको बढी भरोसा जित्नु पर्ने कुरामा जोड दिएका थिए ।

    सेमिनारसंगै नेपालसंग सम्बन्धित अनुसन्धानका पोस्टरहरु मिशन श्रेष्ट, रिता थापा, सन्तोष पोखरेल र डा लता शाक्यले प्रदर्शनमा राख्नुभएको थियो । सेमिनारपछि रात्रिभोजको व्यवस्था पनि गरिएको थियो ।

    यस सेमिनारको आयोजना गर्न टोक्यो सिटी युनिवेर्सिटीका प्रो.डा होमबहादुर रिजाल र उहाँको रिजाल ल्याबका सम्पूर्ण सदस्यहरु तथा नेप्लिज इञ्जिनियर एसोसियसन जापानका कार्यकारीणी सदस्यहरुको ठूलो सहयोगले सफलतापूर्वक सम्पन्न भएको सचिव शितलबाबु आचार्यले नेपालजापान डटक मलाई बताउनुभयो ।

    सेमिनारको संचालन कार्यकारिणी सदस्य इ कमल रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष डा बिवस गुरागाईले गर्नुभएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पक्राउ

    फेसबुक

    पक्राउ

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!