जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने

  • जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने

जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने

11 May, 2019 11:00 | जापान | comments | 28050 Views

जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने

नेपालमा आएको विनासकारी भूकम्प पश्चात नेपालमा मनोसामाजिक, शिक्षा, जनस्वास्थ्य र भूकम्पको पुर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको सेन्दाई स्थित जापान इन्टरनेश्नल सपोर्ट प्रोग्राम ( जेआइयसपि ) ले टोकियोमा नेपाली संगीत सहितको च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ । जुन २३ आइतबार हामामाच्यो स्थित मन्दिर रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपालबाट स्मृति समूहका कलाकार प्रिन्स नेपाली ( सारंगी ) ,बाबुराजा महर्जन ( तबला ,मादल ), बिनय महर्जन ( बासुरी ) ले आफ्नो प्रस्तुति दिनु हुनेछ ।

adsads

पूर्णतया नेपाली बाजामा आयोजित हुने कार्यक्रममा सहभागी हुने यो संस्थाले आफ़्ना जापानी तथा नेपाली मित्रहरुलाई सहभागिताको अनुरोध गरेको छ । कार्यक्रममा आयोजकको तर्फबाट नेपालमा अहिले सम्म भएका कामको प्रस्तुति तथा जानकारी पनि प्रस्तुत गरिने छ ।

जापान इन्टरनेश्नल सपोर्ट प्रोग्राम ( जेआइय पि ) ले नेपालमा काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक र सप्तरी जिल्लामा विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल बाहेक जापानको तोहोकु, कुमामोतो लगायत केन्या र बगलादेशमा पनि यो संस्थाले कार्यक्रम गर्दै आएको छ । संस्थामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक बिज्ञको रुपमा नेपाली व्यक्ति डा.विजय ज्ञवाली कार्यरत हुनु हुन्छ ।

सांगीतिक कार्यक्रमको टिकट तलको लिंकबाट किन्न सकिन्छ । अथवा निम्न फोन नम्बरमा फोन गरेर पनि लिन सकिनेछ | कार्यक्रमबाट उठेको रकम नेपालका परियोजना हरुमा प्रयोग गरिने छ ।

लिंक- https://jisp-smriti-event.peatix.com/
सम्पर्क – ०९०-८०५४-७४०४ डा.विजय ज्ञवाली

पत्रकार न्यौपाने उपचारार्थ च्यारिटी डिनर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानी संस्थाले नेपाली सांगीतिक कार्यक्रम गर्ने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!