जापानी सेयरमा ब्यापक बृद्धि

8 April, 2013 11:18 | जापान | comments | 32700 Views

जापानको केन्द्रिय बैंक “बैंक अफ जापान” ले प्रोत्साहन योजना सार्वजनिक गर्दै घट्दो मुल्यबृद्धी बिरुद्ध कदम चाल्ने भनेपछि जापानि सेयरमा ब्यापक बृद्धि भएको छ ।
जापानी सेयर बजार अन्क निर्धारक “निक्केई” को निरन्तर उकालो लाग्ने क्रम जारी देखिएको छ । शुक्रबार उक्त अन्क सबैभन्दा धेरै बढेको थियो । जापानी सेयर बजारको बढ्दो क्रम ले केन्द्रिय बैंक को प्रभाब लाई बिश्वास गरेको र यो बढ्दो क्रम यो हप्ता पनि जारी रहने बिश्लेशक हरु बताउछन ।
बिश्व बजारमा येन को मुल्यमा भने गिरावट आएको छ । बैंकले मुल्य बृद्धिलाई बढाउने योजना सार्वजनिक गर्दै आयातलाई पनि निरन्तर बृद्धि गर्ने जनाएको थियो । सही मुल्य नपाएको बजार पनि ब्यवस्थित गर्ने जसले गर्दा बेरोजगारी दर पनि निकै कम हुने बैंकको योजनामा उल्लेख छ । येनको मुल्यमा गिरावट आएसगै अब जापानले निर्यातमा पनि निकै ठुलो फड्को मार्ने जनाइको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More