जापान उत्तरकोरियासंग शिखर वार्ता गर्न प्रयासरत

14 May, 2019 16:03 | जापान | comments | 28050 Views

जापानले उत्तर कोरियाले आणविक कार्यक्रम जारी राखे पनि उसंग शिखर बैठक गर्न प्रयास गरिरहेको मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिदे सुगाले बताउनुभएको छ । सोमबार तल्लो सदनको एक समितिमा बोल्दै सुगाले सो जानकारी दिनुभएको हो ।

समितिमा सदस्यहरुले बिहिबार उत्तर कोरियाले छोटो दुरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि त्यसको बिरोधसंगै प्रधानमन्त्री शिन्जो आबेले विनाशर्त उत्तर कोरियाली नेता किम जङ उनसंग वार्ता गर्नुपर्छ कि पर्दैन भन्ने जिज्ञासा राखेका थिए ।

  

प्रतिउत्तरमा सुगाले यो विषयमा सरकारको धारणामा कुनै परिवर्तन नआएको बताउँदै प्रधानमन्त्री आबेले पटकपटक जापानी नागरिक अपहरणको मुद्दा समाधानका लागि बिनाशर्त भेटवार्ता गर्न तयार रहेको बताउँदै आउनुभएको जानकारी दिनुभएको छ ।

जापानले उत्तर कोरियाली क्षेप्यास्त्रलाई हस्तक्षेप गर्न सक्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More