जापान भ्रमण गर्दै हुनुहुन्छ- पालना गर्नुपर्नेछ यस्ता नियम

16 January, 2021 11:53 | जापान | comments | 34350 Views

कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेपछि जापान सरकारले जापान प्रवेशमा निषेध गरेसंगै त्यहाँस्थित नेपाली दूताबास र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यात्रा गर्न चाहने नेपालीहरुका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

जापान सरकारले हालै जारी गरेको नयाँ प्रावधान अनुसार जापान प्रवेश गर्ने हरेक व्यक्तिका लागि ७२ घण्टाभित्रको पिसिआर परीक्षणको रिपोर्ट (नेगेटिभ रिजल्ट आएको) अनिवार्य गरेको छ ।

  

त्यस्तै जापान प्रवेश गरेपश्चात १४ दिनसम्म सार्वजनिक यातायात प्रयोग नगर्न, उक्त अवधिभर होम क्वारेन्टिन वा अन्य तोकिएका स्थानहरुमा क्वारेन्टिनमा बस्न तथा स्वास्थ्य केन्द्र वा अन्य सम्बन्धित संस्थाहरुलाई आवश्यकता अनुसार लोकेशन डेटा उपलब्ध गराउनु पर्नेछ ।

यदि तोकिएको नियम कानूनको उलङ्घन गरेमा जापान सरकारले उलङ्घनकर्ताको नाम, राष्ट्रियता र अन्य विवरणहरु सार्वजनिक गर्नुका साथै निजको आवास अनुमति रद्द गरी स्वदेश फिर्ता पठाउनसक्छ ।

यसर्थ जापान प्रवेश गर्ने हरेक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले जापान सरकारले कोभिड १९ का सम्बन्धमा जारी गरेको निर्देशनहरु र नियम कानूनको पूर्ण पालना गर्नुहुन हार्दिक अनुरोध छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More