जीर्ण बन्दैछ ऐतिहासिक ‘रानीतलाउ’

30 October, 2014 15:53 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 77850 Views

rani talau-nepaljung..नेपालगन्ज नगरपालिका वडा नं १० स्थित करिब २०० वर्ष पुरानो ऐतिहासिक महत्वको ‘रानीतलाउ’ संरक्षणको अभावमा दिन प्रतिदिन जीर्ण बन्दै गएकोमा सरोकारवाला निकायको पर्याप्त दृष्टि पुग्न सकेको पाइँदैन ।

नेपालगन्जमा रानीतलाउ सरोकारवालाहरुको प्राथमिकतामा नपर्नु तथा जिम्मेवारी अरुमाथि पन्छाउने प्रवृतिले तलाउ ऐतिहासिक महत्व गुमाउने खतरामा समेत पर्न थालेको छ ।

केही वर्षअघिसम्म नौका बिहार, पार्कलगायत मनोरम वातावरणमा रानीतलाउमा रमाउने स्थानीय बासिन्दा अहिले सो तलाउ शौचालयका रुपमा परिणत भएको देख्दा खिन्न भएका छन् ।

  

अहिले तलाउ छेउको पर्खाल भत्किएको छ, तलाउको पानी अत्यन्त दूषित छ, तलाउ किनारमा फोहरको डङ्गुर छ, तथापि नगरपालिका भने जीर्णाेद्धारका लागि बजेट छैन भनेर पन्छिएको अवस्था छ । नगरपालिकाका पूर्व मेयर डा. धवलशम्शेर राणाका अनुसार, विसं. १८६० सालपछि निर्माण गरिएको सो ऐतिहासिक महत्वको तलाउप्रति अहिलेका नगरपालिका पदाधिकारी जिम्मेवार हुन सकेका छैनन् ।

ऐतिहासिक रानीतलाउको संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटक नेपालगन्ज भित्र्याउन सकिने र पर्यटनको विकासमा समेत टेवा पुग्ने सरोकारवाला बताउँछन् । समाजको दवावपछि अहिले भने नेपालगन्ज नगरपालिकाले सो तलाउमा नौका बिहार संचालनका लागि बोलपत्र आव्हानको प्रक्रिया अघि बढाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More