जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो !

19 August, 2019 17:38 |अर्थ | comments | 17550 Views

    नेपालगञ्ज मध्यपश्चिमको प्रमुख व्यापारिक शहर अनि सोही क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्र स्याउका लागि प्रख्यात । तर पहाडको स्याउ नेपालगञ्जमा आउँदा पनि हर्ष गर्नुपर्ने र समाचार नै बनाउनुपर्ने अवस्था छ ।

    adsads

    हुन पनि नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ ।

    चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्री गर्नमा व्यस्त छन् । जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न थालिएको छ । शुरुआती चरण भएकाले दैनिक एक ट्रक स्याउ ढुवानी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

    नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोकमण्डीमा जुम्ली स्याउ खरिद बिक्री भइरहेको छ । यहीँबाट फुटकर बिक्रेताले किनेर अन्य ठाउँमा स्याउ बिक्री गर्ने गरेको खुद्रा व्यापारी असलम अन्सारीले बताउनुभयो ।

    स्याउले नेपालगञ्जमा राम्रो बजार पाएपछि जुम्लाका किसान लाभान्वित भएका छन् । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट एकै जातको स्याउ तीन वर्गमा विभाजित गरी नेपालगञ्ज ल्याउँछौँ ।”

    नेपालगञ्जका व्यापारीले उक्त स्याउ बर्दिया र कैलालीसम्म बिक्री हुने गरेको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताउनुभयो । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो ग्रेडिङ गरेर बिक्री भइरहेको छ ।

    तुरुन्तै पैसा पाउने लोभमा समय अगावै जुम्लाका स्याउ बजारमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!