जुम्ला जुम्ला

  • जुम्ला
  • जुम्ला
  • जुम्ला
  • जुम्ला
  • जुम्ला
  • जुम्ला

जुम्लामा अज्ञात रोगको प्रकोप : प्रत्येक घरका मानिस बिरामी

6 May, 2019 14:25 | जन सरोकार | comments | 13950 Views

जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो ।

adsads

प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उहाँले बताउनुभयो । शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताउनुयभो । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् ।

रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताउनुभयो । अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाइने उहाँले बताउनुभो । जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताउनुभयो ।

हुम्लामा अज्ञात रोगबाट नौजनाको मृत्यु : हेलिकोप्टरबाट औषधिसहित चिकित्सक पुगे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जुम्ला

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!