जुलाई चारदेखि ओसाका उडान, टिकट बुकिङ्ग खुल्ला- दुईतर्फी भाडादर ८० देखि ८४ हजार

16 May, 2019 14:00 | कर्पोरेट/पर्यटन , जापान | comments | 49950 Views

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान गर्ने भएको छ । निगमले ओसाका उडानको लागि टिकट बुकिङ्ग खुल्ला गरेको छ ।

adsads

निगमले यसको सम्पूर्ण तयारी लगभग पूरा गरेपछि काठमाडौँ–ओसाका उडानको लागि बुकिङ्ग खुल्ला गरेको हो । निगमले गत आइतबारबाट टिकट बुकिङ्ग खुला गरेको जनाएको छ । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ८० देखि ८४ हजार रुपैयाँ तोकेको छ । यो भाडादर जापानको एभिएसनले स्वीकृत गरेअनुसार भएको निगमले जनाएको छ ।

जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब)बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको छ ।

निगमले असर १९ (४ जुलाई)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गर्नेछ । वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्ने निगमले काठमाडौंबाट बिहान २ः३० बजे ओसाकाका लागि उड्ने छ भने स्थानीय समयअनुसार दिनको ११ः५५ मा ओसाका पुग्नेछ । ओसाकाबाट स्थानीय समयअनुसार १ः५५ मा उडान गरी सोही दिन अपरान्ह ६ः०० बजे जहाज काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।

काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो ।

निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साइँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।

काठमाडौँ ओसाका उडानले जापानबाट नेपाल यात्रा गर्ने नेपालीहरुलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल पर्यटन बोर्डले टोकियोस्थित नेपाली राजदूतावाससंग समन्वय गर्दै जापानका विभिन्न शहरमा हुने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम र गैर आवासीय नेपाली संघको कार्यक्रममा नेपाल उडान को विषयमा जानकारी दिंदै आइरहेको छ ।

उडानका लागि जापानको सम्पूर्ण जिम्मेवारी निगमले कन्ट्री म्यानेजरको रुपमा सन्तोष पाण्डेलाई तीन महिना अघि नै नियुक्त गरेको थियो । त्यस्तै निगमले ओसाका उडानपछि नारिता उडान गर्ने विषयमा पनि कम गरिरहेको छ । निगमले टोकियोको नारितामा उडान अनुमति पाएपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई उडान गर्ने योजना रहेको पनि जनाएको छ

नेपाल एयरलाइन्सले ओसाकापछि नारिता उडान गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More