जेठभित्रै पार्टीका सबै एकीकरण सक्छौँ: नेता खनाल

22 May, 2019 11:00 | राजनीति | comments | 11250 Views

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताएका छन् । उनले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गरे ।

adsads

नेकपाका जिल्ला तहका पदाधिकारीलाई मंगलबार शपथ ग्रहण गराउन यहाँ आएका उनले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताए । उनले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गरे । पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दै उनले इतिहास नबिर्सिन सबैलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले कार्यकर्तालाई पार्टीगत सिद्धान्त, इतिहासको अध्ययन र परिस्थितिको अध्ययन गर्नसमेत आग्रह गरे । उनले विगतमा कम्युनिस्ट विभाजन हुँदा देशले प्रतिकूलता सहनु परेको उल्लेख गरे । विगतमा आपसी समस्याका कारण कम्युनिस्ट पार्टीबीच नै झै–झगडा, प्रतिस्पर्धा र काटमारको परिस्थितिसमेत आएको उल्लेख गर्दै उनले अब कम्युनिस्ट एक हुँदै गएको जिकिर गरे ।

प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताए । उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गरे । प्रदेशका सह–इञ्चार्ज सावित्रीप्रसाद काफ्लेले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय इतिहास भएको बताए ।

नेकपाकाे एकीकरणमा त्रिपक्षीय समीकरण : पछिल्लो सहमतिले माधव नेपाललाई फाइदा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!