जेनेभामा उठ्यो ग्रेटर नेपाल र भारतको हस्तक्षेपबिरुद्धको आवाज

13 March, 2019 22:42 |राजनीति | comments | 67950 Views

    नेपालको इतिहासमै पहिलोपटक ग्रेटर नेपाल र भारतको थिचोमिचोका बिरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगको बैठकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सम्बोधन वक्तव्य दिनुभएको छ ।

    सम्बोधनमा नेपालले भारतले नेपालमाथि मानवअधिकार र मानवताको मूल सिद्धान्तको उल्लंघन गर्दै संयुक्त राष्ट्रसंघको घोषणापत्र विपरीत नेपालमाथि थिचोमिचो गरिरहेको उल्लेख गर्नुभएको छ ।

    adsads

    उहाँले भारतबाट सन् १९५० मा भएको शान्ति तथा मैत्री अनुसार सुगौली सन्धि खारेज गरेकाले नेपालको ६० हजार वर्ग किमिभन्दा बढी भूभागमा कब्जा जमाएर बसेको बताउँदै सो भूमि नेपाललाई फिर्ता दिनुपर्ने बताउनु भएको छ ।

    हेर्नुहोस् यो भिडियो

    उहाँले संयुक्त राष्टसंघीय मानवअधिकार उच्चायोगलाई नेपालको चिन्ता र चासोमाथि ध्यान दिन आग्रह गर्दै भारतको क्षेत्रीय योजनाको विस्तार रोक्न नेपाललाई ठोस समर्थन र प्राथमिकता दिन अनुरोध समेत गर्नुभएको छ ।

    सम्बोधनमा उहाँले ग्रेटर नेपाल हमेसा नेपाली भूमिमा भारतको अवैध कब्जाबिरुद्ध आवाज उठाउँदै आएको जानकारी गराउँदै भारतले जानीजानी सीमा स्तम्भ हटाएर नेपाली भूमिमाथि कब्जा जमाइरहेको र आजसम्म एक हजार ३ सय वर्ग किलोमिटरभन्दा बढी नेपाली भूमि अतिक्रमण गरेको जानकारी गराउनुभएको छ ।

    त्यसै गरी कालापानीमा भारतीय सेनको उपस्थितिबिरुद्ध पनि उहाँले आवाज उठाउनुभएको छ । सम्बोधनमा उहाँले भन्नुभयो- “१९६२ पछि कालापानी क्षेत्रमा ठूलो संख्यामा भारतीय अद्र्धसैनिक बल राखिएको र यो कदमबाट एक स्वतन्त्र देशमा विदेशी सेनाको उपस्थिति उसको सम्प्रभुसत्ताको खिल्ली उडेको छ ।”

    बुधबार जेनेभामा दिइएको उक्त वक्तव्य नेपालको गैरसरकारी संस्थाका तर्फबाट दिइएको सम्भवतः पहिलो र ऐतिहासिक संबोधन वक्तव्य हो ।

    ग्रेटर नेपालका लागि हस्ताक्षर संकलन भारतीय संचार माध्यममा हलचल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!