जेब्रा क्रसमा रातो बत्ती बल्ने प्रतिक्षा गर्दा जे भोगियो…

2 September, 2019 15:36 |बिचार | comments | 34650 Views

    काठमाडौंमा सडक क्षमताको तुलनामा सवारी साधनको संख्या अत्यधिक भएका कारण यहाँको सवारी व्यवस्थापन निकै जटिल छ, आधुनिक ढंगले सवारी व्यवस्थापन गर्ने मेलोमेसो छैन ।

    एकातिर अनुशासनहिन सवारीचालक अनि त्यस्तै स्वाभावका पैदल यात्रु र सडक व्यवस्थापनका लागि राखिएका बत्तीहरुको दुरावस्थाले कतिबेला कस्तो दुर्घटना निम्त्याउने हो भन्ने त्रास भैरहन्छ ।

    adsads

    विषय अब शीर्षकबाटै उठाऔं– केही दिन अघिको कुरा हो सडक पारगर्दा जेब्रा क्रसिङको उपयोग गर्ने र त्यसमा पनि सवारी साधन रोकेर पैदल यात्रुका लागि बाटो काट्ने संकेत आउने प्रतिक्षा गर्दा जति समय खर्च भयो त्यो वयान गरिसाध्य छैन ।

    एउटा केही जानेको, बुझेको र नियम पालना आफ्नै लागि हो भनेर नियमको प्रतिक्षा गर्दा आधा घण्टा चर्को घाममा धुलो र गाडीका धुवाँ खाँदै बिताउनुपर्यो । किन पैदल यात्रुले बाटो काट्ने समय किन आउँदैन भनेर आँखा माथितिर लैजाँदा त त्यहाँ बत्ती नै विग्रेको रहेछ । बत्ती विग्रेपछि सडक काट्न समस्या हुने नै भयो तर ट्राफिक प्रहरी समेत त्यहाँ थिएनन् ।

    परिणामतः सवारी चालकहरुले पैदलयात्रुको समस्या र उनीहरुलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने सामान्य नैतिकता पनि देखाइरहेका थिएनन् । उनीहरु जेब्रा क्रसमा गति अरु बढाउँदै हर्न बजाउँदै हुँइकिरहेका थिए । लाग्थ्यो अरुलाई मौका दिए आफू पछि परिन्छ वा सडक यात्रीलाई बाटो काट्ने मौका दिए गाडी चढ्नेको इज्जत घट्छ । सवारी साधनको तेज गति अनि सडक किनारमा बढ्दै गएको बाटो काट्नेहरुको भीड ।

    आधा सडक भरिइसक्दा पनि कुनै एउटा गाडीवालाले रोकेर बाटो काट्ने मौका दिएन । उनीहरु ट्राफिक प्रहरी पनि नभएको र बत्ती पनि नबल्नुलाई आफ्नो हैकम प्रदर्शन गर्ने मौका ठान्दा रहेछन् भन्ने मेरो अनुभूति रह्यो ।

    यी कुरा किन उठाएको भने सडक र शहर गाडी चढ्नेहरुको मात्रै हो वा आम नागरिकका लागि पनि हो ? शहरबासीको सभ्यतासंग जोडिएको हुन्छ सडक उपयोगको नियम र बिधिको पालना ! तर यहाँ नियम मिच्न सक्नुलाई बहादुरी ठानिन्छ । जसका कारण जेब्रा क्रसमै गाडीले मानिस किचेर मारेका घटना अनेक छन् । यो भनेको नियम पालना नगर्नु नै हो ।

    सवारी चालक सभ्य र शिक्षित भैदिए…

    सडकमा बसेका ट्राफिक प्रहरी चालकहरुले कहाँनेर गल्ती गर्ला र लाइसेन्स समातेर जरिवाना गराउँ भनेर कुनामा लुकेर बस्ने तर जेब्रा क्रसलाई व्यवस्थित गर्न पटक्कै ध्यान नदिने गरेको पाइन्छ । यी दृश्य देख्दा आजभोलि के लाग्न थालेको छ भने सरकारले सडकलाई सुरक्षित गर्न देखाएका लापरवाही कारबाही गरेर राजश्व संकलन गर्नका लागि मात्रै त हैन भन्ने प्रश्न उठेको छ ।

    जथाभावी बाटो काट्नेलाई जरिवाना गराउने तर आवश्यकता अनुसार जेब्रा क्रस नराख्ने । ट्राफिक बत्ती पोलमा झुण्डिने तर आवश्यक परेका बेला बल्दै नबल्ने । यस्तो गर्दा पैदल यात्रुहरु भेडा–बाख्रासरह दगुर्नुपर्छ बाटो काट्न । के हाम्रो शहरी सभ्यता यही हो ?

    नियम बनाउनुअघि नियम पालना गर्ने र गराउने पूर्वाधार पनि बन्नुपर्छ भन्ने तथ्यलाई कसैले पनि ध्यान दिएको छैन । दिनभरि सडक बत्ती बलिरहन्छन् निभाउने कोही हुँदैन । ट्राफिक बत्ती बल्दै बल्दैन बनाउने कोही हुँदैन ? ट्राफिक प्रहरी दोबाटो ढुकेर चालकको कमजोर पत्ता लगाउन बस्छ त्यसलाई नियन्त्रण गर्ने कोही हुँदैन । के यही हो नयाँ नेपाल ?

    नियम बनाएपछि नियम पालना गराउने विधि र संयन्त्र भएन भने त्यो नियम उल्लंघन हुनु स्वाभाविक छ । अहिले देशमा नियम नमान्ने प्रवृत्ति बढ्नुमा यिनै कारणहरु रहेका छन् । तसर्थ कम्तिमा सडक बत्ती र पैदल यात्रुलाई बाटो काट्ने सहज व्यवस्थापन महानगपालिका, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय कसले गर्ने हो, कसले पहल थाल्ने हो थाल्नुपर्यो ?

    (लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुन्)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!