ज्वालामुखी विस्फोटबाट उत्पन्न हिमपहिरोमा परी जापानमा एकको मृत्यु , १२ घाइते

23 January, 2018 16:05 |जापान | comments | 177900 Views

    जापानको गुन्मा प्रान्तमा मंगलबार भएको ज्वालामुखी विस्फोट र लगत्तै भएको हिमपहिरोमा परी कम्तिमा १२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भिर रहेको छ ।

    पुरिएकामध्ये ६ जना जापानको सेल्फ डिफेन्स फोर्सका सदस्य रहेका छन् ।

    adsads
    उनीहरु तालिम गर्ने क्रममा पुरिएको रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले बताएका छन् । सवैजनाको उद्धार गरिएको थियो तर उपचारका क्रममा एकजनाको मृत्यु भएको छ । ज्वालामुखीय चट्टानले चोट लागेर कम्तिमा १२ जना घाइते भएको जापानी सञ्चार माध्यमले बताएका छन् ।

    राष्ट्रिय प्रसारण एनएचकेका अनुसार दुइजना गम्भिर घाइते भएको र तीन जनालाइ गम्भिर चोटपटक लागेको छ । एसडिएफका सदस्य लगायत हिमपहिरोमा पुरिएकाहरुलाइ उद्धारकर्ताले बाहिर निकालेका थिए ।

    २१६० मिटरको ज्वालामुखी , कुसात्सु शिराने मंगलबार विहान विस्फोट भएको जापानी मौसमविज्ञान विभागले बताएको छ । अझै पनि विस्फोट हुनसक्ने र विस्फोटनबाट चुचुरोबाट २ किमिसम्म चट्टान खस्न सक्ने विभागले चेतावनी दिएको छ । हिमपहिरो ज्वालामुखीको कारण भएको पुष्टि भएको छैन तर दुवै एकपछि अर्को निरन्तर भएका थिए । जापानमा ११० वटा सक्रिय ज्वालामुखी रहेको र पछिल्लो पटक २०१४ सेप्टेम्बरमा विशाल विस्फोटन हुदा ६२ जनाको मृत्यु भएको थियो |

    विशाल ज्वालामुखी विस्फोटले मान्छेलाइ ढुंगे युगमा पुर्याउन सक्ने विज्ञहरुको चेतावनी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!