भुवन प्याकुरेलभुवन प्याकुरेल

  • भुवन प्याकुरेल
  • भुवन प्याकुरेल
  • भुवन प्याकुरेल
  • भुवन प्याकुरेल

झापाका शरणार्थी भुवन प्याकुरेल अमेरिकाको ओहायोका नगर-परिषद सदस्यमा निर्वाचित

9 November, 2019 14:50 |प्रबास | comments | 8100 Views

    भुवन प्याकुरेलविजय थापा, वाशिंगटन डिसी – भुटानमा जन्म भै हाल अमेरिकाको ओहायोमा बस्दै आएका होनहार युवा भुवन प्याकुरेलले इतिहास रच्दै ओहायोको रेनोल्ड्सबर्ग शहरका लागि नगर-परिषद सदस्यमा निर्वाचित भएका छन् । गत नोभेम्बर ५ मंगलबारका दिन सम्पन्न निर्वाचनमा प्याकुरेल विजयी भएका हुन् ।

    adsads

    उनी उक्त शहर वडा ३ का लागि सिटि काउन्सिल ( नगर-परिषद सदस्य )भएका हुन् । प्याकुरेल यसरी निर्वाचनमा उम्मेदवार बनि निर्वाचनमा विजयी हुने पहिलो भुटानी -अमेरिकन भएका छन् । उनी विजयी भए पछि उनलाई ईष्टमित्र, साथीभाई तथा शुभचिन्तकहरुले बधाई दिनेको ओहिरो लागेको छ भने अधिकांशले इतिहास रचेको भन्दै उनलाई बधाई दिएका छन् ।

    उनले रेनोल्ड्सबर्ग नगर परिषदको निर्वाचनमा १ हजार ३ सय ५२ मत ल्याई विजय भएका हुन् । उनका प्रतिस्पर्धी रिपब्लिकनका उम्मेदवार मार्सल स्पल्डिंगले ९ सय ९० मत प्राप्त गरेका थिए । उनी ९ बर्षको उमेरमा आफ्ना परिवारसाथ भुटानबाट लखेटिएर नेपालको पूर्वीय क्षेत्र झापा आएका थिए । उनी १८ बर्ष सम्म नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका थिए ।

    अमेरिका आए पछि उनी नागरिक बने पछि समाजसेवामा केही योगदान गर्ने इच्छा भएकोले नगर परिषदको उम्मेदवारी दिए र विजयी भए । नगर परिषद सदस्यमा विजयी हुने उनी प्रथम भुटानी-अमेरिकन हुने सौभाग्य प्राप्त गरेका छन् ।

    प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए भने पछि उनी ओहायोमा परिवारसाथ बसाई सराई गरेका थिए । सन् २०१६ मा अमेरिकन नागरिकता लिएका हुन । उनलाई विजयी गराउन मेरिल्याण्ड डेमोक्रेटिक पार्टी एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी)बाल्टिमोर काउन्टीका सभापति डा श्याम कार्की लगायत डेमोक्रेटिक दलका अधिकारी तथा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) ककस प्रमुखले स्वयंसेवक तथा चुनावी रणनीतिमा सहयोग गरेका थिए ।

    प्याकुरेललाई सहयोग गर्न ओहायो पुगेका डा कार्कीले आगामी सन् २०२० मा हुने निर्वाचनको लागी ४-५ जना नेपाली अमेरिकन तयार गर्ने हेतुले काम गर्न सुरु गरेका बताए । डा कार्कीले ह्यारी भण्डारीको निर्वाचनमा पनि ठूलो भूमिका निर्वाह गरेका थिए ।

    स्मरण रहोस, अमेरिकाको मूलधारको राजनीतिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरपालिकाको उप प्रमुखमा विजयी भै पहिलो इतिहास रच्ने किरण सिटौला हुन् भने भुटानी समुदायको तर्फबाट भुवन प्याकुरेलले पहिलो खाता खोलेका छन् ।

    यसैगरि अमेरिकाको मेरिल्याण्ड विधान सभाका लागि विधान सभा सदस्य(सांसद )मा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित हुँदै सबै भन्दा ठूलो फड्को मारेका थिए । यसै गरि भर्जिनियाको हे मार्केट (शहर) मा नगर परिषद सदस्यमा निर्वाचित मधु पन्थी तथा भर्जिनिया कै हर्नडन शहरमा नगर परिषद सदस्यमा विजयी हुने प्रदिप ढकाल हुन् ।

    हाल सम्म नेपाली मूलका नव निर्वाचित प्याकुरेललाई समेत जोड्दा अमेरिकामा सार्वजनिक पदमा निर्वाचनमा होमिएर विजयी हुने ५ जना भएका छन् । जसमा ३ जना नगर परिषद सदस्य विजयी भएको देखिन्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    भुवन प्याकुरेल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More