टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षणटनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण

  • टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण
  • टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण
  • टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण
  • टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण
  • टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण
  • टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण

टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण

15 August, 2019 13:57 |अर्थ | comments | 13500 Views

    टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण

    सुदूरपश्चिम प्रदेशको एक टोलीले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको पक्रिया अगाडि बढाउनलगायतका माग राखेर ध्यानाकर्षण गराएको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालय पुगेर भारतका सीमा जोडिएका जिल्लाका समस्याबारे अवगत गराएको हो ।

    adsads

    विदेशमन्त्री जयशङ्कर आगामी भदौ ४ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको बताउनुभयो ।

    यस्तै उहाँले कञ्चनपुरको बेलौरी र कैलालीको खक्रौला नाका खुलाउनसमेत मन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरिएको बताउनुभयो ।

    उहाँका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ । टोलीले चीनसँग जोडिएको दार्चुलाको तिङ्कर नाका खुलाउनसमेत माग गरिएको छ ।

    भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसद भट्टले जानकारी दिनुभयो । महाकाली नदीमा दुवै देशको स्वामित्व बराबर हुन नसक्दा उपयोगमा समस्या आइरहेकाले सो विषयमा दुई पक्षयी आगामी बैठकमा यसबारे कुरा उठाइने मन्त्री ज्ञवालीले प्रतिबद्धता जनाउनुभएको छ ।

    टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।

    टनकपुर नाकाबाट थप विद्युत ल्याउने सम्झौता

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    टनकपुर नाका खुलाउन परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More