टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयीटानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

  • टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी
  • टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी
  • टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी
  • टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी
  • टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी
  • टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

7 September, 2019 17:30 |कर्पोरेट/पर्यटन | comments | 3300 Views

    टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो ।

    adsads

    निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बन्नुभएको छ भने पराजित थापाले ४३८ मत प्राप्त गर्नुभएको थियो । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको थियो । थापा समूहकी सरिता लामा महासचिवमा विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उहाँले १३ मतले पराजित गर्नुभएको छ ।

    नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ ।

    त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित हुनुभएको छ ।

    कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

    टान निर्वाचन प्रत्यासी उम्मेद्वारद्वारा आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!