टान टान

  • टान
  • टान
  • टान

टानको ४१ औं साधारण सभा र निर्वाचन भदौ २० गते हुने (कार्यतालिका सहित)

24 August, 2019 14:30 | कर्पोरेट/पर्यटन | comments | 18300 Views

टान

ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारण सभा र निर्वाचन भदौ २० गते हुने भएको छ । टानको केन्द्रीय कार्यकारीणी समितिका सम्पूर्ण पदको (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष, सहकोषाध्यक्ष र नौ सदस्य (एक महिला सहित) पदको लागि भदौ २० मा हुने निर्वाचनका सम्बन्धमा निम्नानुसारका कार्यक्रम प्रकाशित गरिएको छ ।

adsads

क) निर्वाचन हुने पद : – ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान), केन्द्रीय कार्यकारीणी समितिका सम्पूर्ण पद (अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषध्यक्ष र (एक महिला सहित)नौ सदस्य) ।

ख) मतदाताको नामावली प्रकाशन मिति : – २०७६।०५।१४ गते ११: ०० बजे ।

ग) मतदाता नामावलीमा दावीविरोध मितिः– २०७६।०५।१५ गते, अपरान्ह ३: ०० बजेसम्म ।

घ) दावीविरोध पछिको अन्तिम नामावली प्रकाशन मिति र समय : –२०७६।०५।१५ गते, ५: ०० बजे ।

ङ) उमेदवारकालागि दरखास्त मिति र समयः–२०७६।०५।१६ गते, बिहान १०: ०० बजेदेखि २: ०० बजेसम्म । (उमेदवारीका दरखास्त साथ दखिला हुनु पर्ने शुल्क अध्यक्ष्ँ रु.६०,०००।– अक्षेरुपी साठी हजार,पदाधिकारीहरू सबै रु ४०,०००।– अक्षेरुपी चालिस हजार रुपैया र सदस्यहरु सबै रु २५,०००।– अक्षेरुपी चालिस हजार रुपैया फिर्ता नहुने)

च) उमेदवारहरुको नामावली प्रकाशन मिति र समय : – २०७६।०५।१६ गते, अपरान्ह ५: ०० बजे

छ) उमेदवारीको दरखास्तमा दावी विरोधको मिति र समय : – २०७६।०५।१७ गते, १.०० बजेसम्म

ज) उमेदवारहरुको दावीविरोध उपर निर्वाचन समितिले निर्णय गरी दोश्रो नामावली प्रकाशन मिति र समय : – २०७६।०५।१७ गते, २: ०० बजेसम्म ।

झ) उमेदवारले नाम फिर्ता लिने मिति र समयः– २०७६।०५।१७ गते, अपरान्ह ४ बजेसम्म

ञ) उमेदवारको अन्तिम नामावली प्रकाशन मिति र समय : – २०७६।०५।१७ गते, अपरान्ह ५: ०० बजे सम्म

ट) मतदान मिति, समय र स्थान : – २०७६।०५। २० गते, अपरान्ह १: ०० बजे देखि ५: ०० बजे सम्म, साधारण सभा स्थल होटेल,सोल्टी क्राउन प्लाजा,तहाचाल,काठमाण्डौ ।

ठ) मतगणना मिति र समय : – २०७६।०५।२० गते मतदान समाप्त भएपछि ।

ड) निर्वाचन परिणाम : – मतगणना समाप्त भएपछि ।

ढ) निर्विरोध भएमा : – निर्विरोध निर्वा्चित भएमा अन्य कार्यक्रम बिना नै घोषणा गरिनेछ ।

ण) उमेदवार हुन वान्छनिय योग्यता : – ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को सदस्य ऐजेन्सीको संचालक समितिमा रहेका व्यक्तिले मात्र संघको निर्वाचनमा मतदानमा भाग लिन वा उम्मेदवार हुनको लागि योग्य हुनेछन । साथै एउटा बार्षिक साधारण सभामा भाग लिएको सदस्यले मात्र उम्मेदवार हुन पाउने छ ।

त) मतदाता हुन वान्छनिय योग्यता : –ट्रेकिङ्ग एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) को सदस्य भएको ६ महिना पुरा गरेको हुनु पर्नेछ ।

थ) मिति २०७६।०५।१८ गते सम्म चुनाव प्रचार प्रसार गर्न पाउनेछ । मिति २०७६।०५।१९ गते बाट मौन अवाधि शुरु हुनेछ र सो दिन चुनाव प्रचार प्रसार गर्न पाउने छैन ।

द) साधारण सभाको उदघाटन शत्र अवाधिभर साधारण सभा र निर्वाचन गर्ने हल बहिर चुनाव प्रचार प्रसार गर्न पाउने छैन ।

टानले स्थापना गर्यो ‘रवीन्द्र अधिकारी पर्यटन पुरस्कार’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
टान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More