टी–२० क्रिकेट सिरिज- शीर्षस्थानको नेपाललाई फाइनलमा पुग्ने अवसर

30 September, 2019 21:30 |खेल | comments | 4650 Views

    सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्दै छ । यो खेल पहिलो खेलको हारको बदला मात्र हैन फाइनलमा पुग्ने अवसर पनि हुनेछ ।

    adsads

    पहिलो खेल हारेको नेपालले दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई नौ विकेटले पराजित गरेको थियो । त्यस्तै आइतबार राति सम्पन्न खेलमा जिम्बावे सिङ्गापुरसँग पराजित भएपछि तीनवटै टोलीको समान दुईदुई अङ्क छ र तालिकामा नेपाल रन रेटको आधारमा शीर्ष स्थानमा छ । जिम्बावे दोस्रो तथा सिङ्गापुर तेस्रो स्थानमा छ ।

    डबल राउन्ड रोबिनका आधारमा खेलाइएको उक्त सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ । सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ ।

    कप्तान पारसको शतक- त्रिकोणात्मक सिरिजमा सिंगापुर नौ विकेटले पराजित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!