टी-२० शतकमा पारसले पछिपारे विराट कोहली र अस्ट्रेलियाका स्टिभ स्मिथलाई

29 September, 2019 21:10 |खेल | comments | 6750 Views

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका कप्तान विराट कोहली र अस्ट्रेलियाका स्टिभ स्मीथलाई पछिपारेका छन् । टी २० क्रिकेटमा शतक प्रहार गर्नु विश्वका मै हुँ भन्ने ब्याट्सम्यानलाई गाह्रो पर्ने खेलमा कप्तान पारस खड्काले सिंगापुरबिरुद्ध ४९ बलमै शतक बनाएर नयाँ रेकर्ड कामय गरे ।

    adsads

    भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार टी–२० क्रिकेटमा शतक प्रहार गर्ने कप्तानको सूचीमा पारस विश्वमा शीर्ष १० मा परेको भन्दै उनले भारतका कप्तान विराट कोहली र अष्ट्रेलियाका स्टिभ स्मिथसँग तुलना गरेको छ । सो पत्रिकाले पारस नेपालको टी–२० मा शतक हान्ने पहिलो कप्तान मात्र नभइ कप्तानका रुपमा पनि शतक बनाउने पहिलो खेलाडी भएको उल्लेख गरेको छ ।

    पत्रिकाले लेखेको छ टी २० मा सबभन्दा धेरै रन बनाउने कप्तान नेदल्याण्डस्का पिटर सेर हुन् उनले १२ दिनअघि स्कटल्याण्डबिरुद्ध ९६ रन बनाएका थिए । अस्ट्रेलियाका स्टीव स्मिथले २०१५ मा बेलायतबिरुद्ध ९० रन बनाएको थिए भने वेष्ट इण्डिजका क्रिस गेलले २००९ मा अस्ट्रेलियाबिरुद्ध ८८ रन बनाएका थिए । खड्का कप्तानका रुपमा उच्च रन बनाउने खलाडीको सूचीमा दर्ज भैसकेका छन् ।

    उनले अघिल्लो महिनाा मलेसियाबिरुद्ध ८६ रन बनाएका थिए । जहाँ भारतीय कप्तान विराट कोहली ८२ रन बनाउँदै खड्कालाई पछ्याइरहेका थिए ।

    कप्तान पारसको शतक- त्रिकोणात्मक सिरिजमा सिंगापुर नौ विकेटले पराजित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!