नेपाल टेलिकमनेपाल टेलिकम

  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम
  • नेपाल टेलिकम

टेलिकमको लापरवाही : सिमिकोटमा छ दिनदेखि सञ्चार सेवा अवरुद्ध

4 April, 2019 00:55 |सूचना/प्रविधि | comments | 14100 Views

    नेपाल टेलिकम

    हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आसपासका नागरिक छ दिनदेखि सञ्चार सम्पर्कमा जोडिन सकेका छैनन् । सञ्चार सेवाबाट वञ्चित नागरिकले बुधबार सिमकोटमा रहेको नेपाल टेलिकमको शाखा कार्यालयमा गएर धर्ना दिएका छन् ।

    adsads

    सिमकोटको किर्ने खर्कको रेडियो लिङ्कमा समस्या आएपछि नेपालगञ्ज क्षेत्रीय निर्देशानलयबाट दुई प्राविधिक आए तापनि टावर मर्मत गर्न नजाँदा स्थानीयवासी आन्दोलित बनेका हुन् । टावर मर्मत गर्न आएका ती प्राविधिक घुम्न गएको भन्दै आन्दोलन गरेको सिमकोट वडा नं ६ का स्थानीय जङ्ग रोकायाले बताउनुभयो ।

    नेपाल टेलिकम शाखा कार्यालयका प्रमुख शिवप्रसाद भट्टराईले बुधबार प्राविधिक टोली जिल्लामा आएपनि लेक लाग्न सक्ने भन्दै बिहीबार मात्रै प्राविधिक टोली गएर मर्मत गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय बासिन्दा भने छ दिनसम्म नेपाल टेलिकमबाट उपलब्ध हुने सम्पूर्ण सेवा बन्द र नेपागञ्जबाट प्राविधिक आउँदासमेत बेवास्ता गरी मर्मत गर्न नगएको भन्दै आन्दोलित बन्नुपरेको स्थानीय भरत शाहीले गुनासो गर्नुभयो ।

    शनिबार बिहान ७ः३० बजेदेखि सदरमुकाम सिमकोटमा टेलिफोन, इन्टरनेट सेवा सञ्चालनमा आउन नसक्दा सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । टेलिकम हुम्लाको टावर गुणस्तरीय नभएपछि जिल्लाका नागरिकले वर्षेनी समस्या झेल्दै आउनुपरेको छ । गएको पुस महीनादेखि चैत महीनाको पहिलो हप्तासम्मको हिमपातले सोलारका सबै प्रणाली भत्काएपछि टेलिकमका सम्पूर्ण सेवा बन्द रहेका छन् ।

    मुस्ताङमा पुनः हिमपातसँगै सञ्चार र यातयात अवरुद्ध

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाल टेलिकम

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!