टेष्ट राष्ट्र आयरल्याण्डसंग नेपाल १३ रनले पराजित

9 October, 2019 19:53 |खेल | comments | 2100 Views

    ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी २० सिरिजमा नेपाल इतिहास बनाउने अवसरबाट चुकेको छ । प्रतियोगिताको तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र आयरल्याण्डसंग १३ रनले पराजित भएको छ ।

    adsads

    पहिलो दुई म्याचमा जित हासिल गरेको नेपाल बुधबार आयरल्यान्डसँग १३ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो ।

    आयरल्याण्डले दिएको १४६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोडेको नेपाल त्यसपछि क्रमशः धराशायी हुँदै गएको थियो । १० औं ओभर सकिएसंगै लगातार तीन बलमा तीन विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो । नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । तर, अर्को इन्डबाट इशान पाण्डेले रन गति बढाउन नसक्दा पारसमाथि दवाव थपियो । उनलाई मार्क अडायरले क्याचआउट गराए ।

    त्यस्तै अर्का ओपनर इशान पाण्डेले भने रन बनाउन निकै संघर्ष गरे । ३० बलमा २२ रन बनाएर आउट भएका उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो । दुवैले सुझवुझपूर्ण ब्याटिङ गरिरहँदा १४ औं ओभरमा निर्णायक मोड आयो । सो ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालले लगातार विकेट गुमायो । त्यसपछि धराशयी बनेको नेपाल फेरि बौरिन सकेन ।

    आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विनोद भण्डारी २ बलमा १ रन हानेर रन आउट भए । सन्दिप जोराले पनि २ रन मात्र जोड्न सके भने सोमपाल कामी एक चौकासहित ७ रन बनाएर आउट भए ।

    नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसी क्रिजमा थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर करणले झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा उनी लङ अनमा क्याच हुन पुगे । उनको विकेटसँगै नेपालको आशा सकियो ।

    बलिङमा करण र ब्याटिङमा बिनोद चम्किए- हङकङमाथि नेपालको चार विकेटको जीत

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!