टोकियोको शहरी क्षेत्रमा बाढी आउने समय निश्चित गर्ने प्रणालीको विकास

21 May, 2019 18:23 | जापान | comments | 15450 Views

जापानी अनुसन्धानकर्ताले राजधानी टोकियोको शहरी क्षेत्रका लागि बाढी आउन सक्ने निश्चित समय पत्ता लगाउने प्रणालीको विकास गरेका छन् । यो प्रणालीको आगामी महिना परीक्षणका लागि इन्टरनेटमा उपलब्ध हुनेछ ।

adsads

जापानी संचारमाध्यम एनएचकेका अनुसार वासेदा विश्वविद्यालय र टोकियो विश्वविद्यालयमा आबद्ध र अन्य अनुसन्धानकर्ताको एक समूहले राजधानीका २३ क्षेत्रमाा मुसलधारे वर्षाका कारण आएको बाढीको स्तरका अनुमान लगाउन सक्छ ।

यो प्रणालीले मौसमको राडार र अन्य तथ्यांकको सहायताबाट वर्षाको अनुममान लगाउनेछ । यसमा सडक, भवनहरु, नदीनालाका तथ्यांक समेत सम्मिलित गरिनेछ । जसमा वर्षाको अनुमानित स्तर एक नक्सामा अलगअलग रंगमा देख्न सकिनेछ । जसमा ८० सेन्टिमिटरभन्दा बढीको रंग रातो र ४० देखि ८० सेन्टिमिटरसम्मको बाढीको सुन्तला रंगमा देखाइनेछ ।

उक्त प्रणालीको माध्यमबाट बाढीको वास्तविक समय अनुमान लगाउनुका साथै ३० मिनेटको पूर्वनुमान पनि गर्न सकिनेछ । अनुसन्धानकर्ताका अनुसार आमरुपमा शहरी क्षेत्रको बाढीको अनुमान मुख्य रुपमा वर्षा र बादलसंग जोडिएको आँकडा प्रयोग गरिन्छ तर यो नयाँ प्रणालीमा जमिनसंग सम्बन्धित विभिन्न प्रकारका तथ्यांकको प्रयोग गरी बाढीको स्थितिको मनुमान गर्नेछ । यसबाट सुरक्षाको प्रभावकारी कदम चाल्न मद्दत गर्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!