टोकियोमा नेपाली विद्यार्थी सुरज मल्लको निधन

6 December, 2019 18:07 | जापान | comments | 36600 Views

डडेलधुरा भद्रपुर स्थायी घर भएका सुरज मल्लको गत आइतवार जापानको राजधानी टोकियोमा उपचारको क्रममा अस्पतालमा निधन भएको छ । अध्ययनका लागि जापान आएका मल्ललाई टोकियोको इकेबुकुरोमा बस्दै आएका थिए ।

adsads

उनको मृत्यु बिरलै सुनिने नेक्रोटाइजिंग एन्टरोकोलाइटिस कारण मृत्यु भएको बताइएको छ । यस रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं रक्तसंचारमा गडबडी हुन जाने र हृदयघात पनि हुनसक्ने खतरा रहने बताइन्छ ।

नोवेम्वर ३० को राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासीस्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको र उपचारकै क्रममा आइतवार बिहान करीव ११ बजेतिर उनको निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले नेपाली राजदूतावासमार्फत नेपालमा परिवारमा खबर गरिसकेको र संभव भएसम्म स्व. मल्लका पिता आफै जापान आएर अन्त्येष्टि गर्ने तयारी भईरहेको बुझिएको छ । त्यसै गरी स्व. मल्लले आगामी एक वर्षका लागि कलेजलाई तिरेको शुल्क फिर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइएको बुझिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More