टोकियोमा मनाईयो नेपाली नयाँ बर्ष(तस्बिरहरुसहित)

15 April, 2013 12:00 | जापान | comments | 149550 Views

टोकियो-जापानमा नेपाली नयाँ बर्ष भव्यताका साथ मनाईयो । टोकियो सेतागायाकुस्थित भबन भट्ट निबासमा आईतबार अर्थात हिजो नेपाली नयाँ बर्ष भब्य रुपमा मनाईएको हो ।


कार्यक्रममा नेपाली दुताबास उप नियोग प्रमुख तापस अधिकारीले सम्पुर्ण जापानबासी नेपालीहरुलाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै नराम्रो कुराहरुलाई छाडेर अघिल्लो बर्षमा पुरा हुन नसकेका कामहरु यस पुरा हुन भन्दै,सम्पुर्ण नेपालीहरुमा सुख शान्तिको कामना गर्नुभयो ।


यसैगरि बीबी एयरवेजका अध्यक्ष तथा एनआरएन आईसिसि कोषाध्यक्ष भवन भट्टले सम्पुर्ण नेपालीमा नयाँ सोच र सकारात्मक विचारको कामना गर्दै नेपाली नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।फरक प्रसंगमा केही समय देखि जहाज खरिद प्रक्रियामा रहेको बताउदै बीबी एयरवेजका अध्यक्ष भट्टले भन्नुभयो – “यो वायुसेवा कम्पनीको प्रमुख उद्देश्य नेपाल र जापानबीच हवाई सेवा संचालन गर्नु रहेको र त्यसकालागि आफ्नै जहाज हुनुपर्ने प्राविधिक कारणले गर्दा अहिले नयाँ जहाज खरिद प्रक्रियामा छ ।” चाडै नै पुन सन्चालनमा आउने जानकारी दिदै भट्टले अगाडि भन्नुभयो -लगभग ९० प्रतिशत काम सकिएको छ चाडै नै हामीले सन्चालनमा लिएर आउँछौ । साथै बिबि एयरको उडान सम्बन्धि आउने नकारात्मक समाचार प्रति बिश्वास नगर्न पनि आग्रह गर्नुभयो ।

  

 


कार्यक्रममा स्वादिष्ट नेपाली परिकारको साथमा दोहोरी घम्सा घम्सी पनि चलेको थियो । महिला अधिकारकर्मी तथा गायिका भगबती उप्रेतीले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।


जापानको व्यस्त जीवनलाई छोडेर प्रवासमा रहेर पनि एक अर्कामा सुख दुख साटेर नेपाली नयाँ मनाउना पाउँदा सबैको अनुहार हसिलो देखिन्थ्यो। सो भेलामा बिभिन्न संघ संस्थाका प्रतिनिधी,बुद्दिजीबी, ब्यबसायीहरुको सहभागीता रहेको थियो । शुभकामना आदन प्रदान कार्यक्रममा भट्ट निवास कोमाजावामा अरिब २०० जनाको उपस्थिति थियो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More