टोकियोमा लोकतन्त्र दिवश मनाईयो

25 April, 2013 18:06 | जापान | comments | 83100 Views

टोकियो-जापानमा बुधबार आठौ लोकतन्त्र दिवश मनाईयो । जापानस्थित नेपाली दुताबासको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 
कार्यक्रमको सुरुवातमा लोकतन्त्र प्राप्तिका लागि ठुलो भुमिका निर्भाह गर्नु भएका ज्ञात-अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो ।कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराईले लोकतन्त्र दिवशको शुभकामना ब्यक्त गर्दै ज्ञात-अज्ञात शहिदहरुको योगदानलाई बिर्सन नहुने कुरामा जोड दिनुभयो । लोकतन्त्रको संस्थागत गर्नका लागि आर्थिक विकास एउटा महत्वपुर्ण पाटो भएकोले जापानमा बस्ने नेपालीहरुले पनि कसरी आर्थीक विकासमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो ।

 

  

 

सो कार्यक्रममा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले लोकतन्त्रको बिषयमा आफ्नो विचारहुरुलाई राख्नु भएको थियो । बक्ताहरुले मुलुकको विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्नु पर्नेमा बिषेश जोड दिनुपर्ने बताएका थिए । मुलुकमा लोकतन्त्र आए पनि जनताले त्यसको महसुस गर्न नसकेको उनीहरुको तर्क थियो । बोल्ने वक्ताहरुमा एन, आरएन जापानका उपाध्यक्ष चिरिन्जीवी थापा,नेपाल जनसम्पर्क समिति जापानका अध्यक्ष वलराम श्रेष्ठ, एनआरएन कान्तोका अध्यक्ष श्रवण सत्याल,जनसम्पर्क समिति जापानका सल्लाहकार सुभाष लोहनी,समुद्रपारि डट कमका रितु कुमार दुरा, ध्रुवकुमार थापा लगायत रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेपाली राजदूतावासका उपनियोग प्रमुख तापस अधिकारीले गर्नुभएको थियो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More