टोकियोमा सडक दुर्घटना, पाँच जना घाइते

21 May, 2019 19:18 | जापान | comments | 30450 Views

अत्यन्त व्यस्त र व्यवस्थित सवारी सञ्जाल भएको मानिने जापानको राजधानी टोकियोमा मङ्गलबार बिहान पाँच वटा सवारीसाधन एकापसमा ठोक्किंदा पाँच जना पैदलयात्रु घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार एउटा शंकास्पद मिनीट्रक रातोबत्तीको बेवास्ता गर्दै अघि बढेपछि उक्त दुर्घटना भएको थियो ।

adsads

मध्य टोकियोको शिमबासीमा उक्त ट्रकले तीन जना पैदलयात्रुलाई ठक्कर दिएपछि अरु चार वटा सवारीसाधनमाथि बज्रिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । उक्त ट्रकले विपरीत दिशाबाट आइरहेको पर्यटक बसलाई ठक्कर दिएपनि त्यस बसमा रहेका ४० जना स्कुले विद्यार्थीहरु सकुशल रहेका थिए ।

टोकियोमा भारी हिमपात हजारौ अलपत्र (फोटो फिचर)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!