टोकियो ओलम्पिक सम्मेलनमा उत्तर कोरियाले भाग नलिने

18 August, 2019 16:30 | जापान | comments | 30750 Views

आउँदो वर्ष जापानको राजधानी टोकियोमा हुने गृष्मकालीन ओलम्पिक खेलसंग सम्बन्धित एउटा सम्मेलनमा उत्तर कोरिया सहभागी नहुने निर्णय गरेको छ । यसअघि यसै साता हुने सम्मेलनमा उत्तर कोरियाबाट उपखेल मन्त्री वोन किल ऊ सहित तीन सदस्यीय टोली टोकियो जाने बताइएको थियो ।

ads ads

जापान ओलम्पिक समितिले ओलम्पिक खेलमा भाग लिने देश तथा सो क्षेत्रका ओलम्पिक समितिका अधिकारीहरुलाई ओलम्पिक खृलस्थल र अन्य सुविधाका विषयमा जानकारी दिन सो सम्मेलनको आयोजना गर्न लागेको हो र जापान सरकारले उत्तर कोरियाली टोलीलाई सम्मेलनमा भाग लिन विशेष अनुमति दिने बताएको थियो । स्मरणीय के छ भने सामान्यतयाः उत्तर कोरियाली नागरिकलाई जापान प्रवेशमा रोक लगाउन सक्नेछ ।

जानकार सूत्रका अनुसार उत्तर कोरियाले गत शुक्रबार नै आफ्नो ओलम्पिक टोली जापान नआउने कुरा बताइसकेको थियो । र यसको कारणबारे उसले केही स्पष्ट पारेको छैन ।

टोकियो ओलम्पिकका लागि उत्तर कोरिया अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसंग दक्षिण कोरियासंग मिलेर जुडो लगायतका चार खेल समूहको संयुक्त टाली बनाउन सहमति जनाएको छ ।

टोकियो ओलम्पिकका पदकहरु सार्वजनिक प्रदर्शन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More