टोखामा विद्युत् चुहिएर आगलागी हुँदा पाँच पसल जलेर नष्ट

17 June, 2019 13:40 |जन सरोकार | comments | 15600 Views

    टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।

    adsads

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    पौडी खेल्ने क्रममा डुबेर मृत्यु
    धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा अन्दाजी २८ वर्षीय नाम नखुलेका एकको मृत्यु भएको हो ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रसाईंले पौडी खेल्ने क्रममा बेहोस भएका उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

    आगलागीमा पाँच घर जलेर नष्ट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!