टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

  • टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा
  • टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा
  • टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा
  • टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा
  • टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा
  • टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा : उपाधिको लागि लिभरपुलसंग भिड्ने (हाइलाइट्स)

9 May, 2019 14:10 | खेल | comments | 23100 Views

लुकास मोउराले गरे ह्याट्रिक

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

आयाक्सलार्ई अवे गाेलमा हराउँदै टोटनह्याम हट्सपर च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि टोटनह्यामले अर्को इंगलिस क्लब लिभरपुलसंग खेल्नेछ ।

adsads

लिभरपुल बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा पाहुना टोली टोटनह्याम ३–२ ले विजयी भयो र समग्रमा ३-३ को नतिजा आएपछि अवे गाेलको आधारमा टोटनह्याम उपाधि नजिक पुगेको हो । पहिलो हाफमा २–० ले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गर्यो ।

यद्यपि खेलको पाँचौं मिनेटमा आयाक्सका लागि कप्तान माटिज डी लीटले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ३५ औं मिनेटमा घरेलु टिम आयाक्सका लागि जेइचले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए र समग्रमा ३-० ले अघि रह्यो । पहिलो हाफ २-० मा सकिएको खेलमा टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कियो । उसका लागि लुकास मोउराले ह्याट्रिक गर्न सफल भए । उनले खेलको ५५ औं, ५९ औं र इन्जुरी समयको अन्तिममा गोल गर्दै टोटनह्यामले अवे गोलमा च्याम्पियन्स लिगको फाइनलमा पुर्याए ।

टोटनह्याम सन् १९८४ पछि युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल आगामी जुन १ मा स्पेनको राजधानी मड्रिडमा हुनेछ।

हाइलाइट्स-

उत्कृष्ट पुनरागमन गर्दै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा(हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!