ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते

8 December, 2019 17:31 | जन सरोकार | comments | 12450 Views

आइतबार विहान बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि उत्पन्न तनाव झडपको स्थितिमा पुगेको छ । बालिकाको मृत्यु भएपछि विद्यार्थीले सुरु गरेको प्रदर्शन झडपमा परिणत हुँदा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

adsads

कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन् । प्रहरीले हवाई फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन् । अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा आएका छन् ।

प्रहरी नै विद्यार्थी र स्थानीयवासीको घेराबन्दीमा परेको छ । प्रहरीमाथि उनीहरूले ढुंगामुढा गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More