ट्रमा सेन्टर ट्रमा सेन्टर

  • ट्रमा सेन्टर
  • ट्रमा सेन्टर
  • ट्रमा सेन्टर
  • ट्रमा सेन्टर
  • ट्रमा सेन्टर
  • ट्रमा सेन्टर

ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ बिग्रिँदा अप्रेसन नै रोकियो

30 April, 2019 12:00 | पत्रपत्रिका | comments | 10050 Views

ट्रमा सेन्टर

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए ।

adsads

सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै बिरामी प्रभावित हुनेछन् । मेसिन खरिद गरिएको कम्पनीका प्राविधिकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको निर्देशक यादवले बताए ।

‘एनेस्थेसिया मेसिन बिग्रिएको खबर स्वास्थ्य मन्त्रालय र मेसिन खरिद गरिएको भारतस्थित कम्पनीलाई गरिसकेका छौँ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘भारतबाट प्राविधिक टोली आएपछि मेसिनको गडबडी पहिल्याउनेछ । आशा गरौँ, छिटै मर्मत होला ।’

मेसिनमा ठूलै समस्या आएको भए मर्मत समय बढी लाग्ने र खर्चसमेत मन्त्रालयले निकासा गर्नुपर्ने हुन सक्छ । यो अवस्थामा विभिन्न प्रक्रिया अपनाउनुपर्दा मेसिन प्रयोगमा ल्याउन ढिला हुने देखिन्छ । सबै मेसिन पाँच वर्ष पुराना हुन् । निर्देशक यादवले मेसिन बनेपछि पुरानै पालोअनुसार बिरामीको अप्रेसन गरिने बताए ।

उपकरण र चिकित्सकको निगरानी गर्न सरकारी अस्पतालमा सिसी क्यामेरा राखिने, मन्त्रालयका उच्च अधिकारीले जहाँ बसेर पनि हेर्न सक्ने

-अधिकांश समय उपकरण नचल्ने र चिकित्सक पनि उपलब्ध नहुने समस्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघअन्तर्गतका १७ अस्पतालमा सिसी क्यामेराबाट निगरानी गर्ने भएको छ । अस्पतालमा भएका सबै गतिविधि मन्त्रालयका उच्च अधिकारीले जहाँ बसेर पनि हेर्न सक्ने गरी सिसी क्यामेरा जडान गर्न लागिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए ।

-‘महँगा उपकरण सञ्चालनमा नल्याउने र बिरामीलाई निजी अस्पतालमा जान बाध्य बनाउने परिपाटी विकास भएको देखियो । अब संघअन्तर्गतका १७ अस्पतालमा सिसी क्यामेराबाट निगरानी गर्छौँ,’ मन्त्री उपेन्द्र यादवले भने, ‘उपकरण कसरी चलिरहेका छन्, चिकित्सकको काम र जनताको सेवा एप्लिकेसनमार्फत मन्त्रालयमा प्राप्त हुनेछ ।’

-ल्याब, सिटिस्क्यान, एमआरआई र एक्स–रे रुम तथा निर्देशकको कार्यकक्षमा सिसी क्यामेरा जडान हुनेछ । मन्त्री, सचिव र उच्च अधिकारीले जुनसुकै वेला मोबाइलबाटै निगरानी गर्न सक्नेछन् । सरकारको नीति तथा कार्यक्रममै समेटेर कडा कार्यक्रम ल्याउनुपर्ने उपसचिव पुष्कर नेपालले बताए ।

आजको नयाँ पत्रिकामा खबर छ ।

ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ट्रमा सेन्टर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!